Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

१० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लिखुतामाकोशीमा सुरु, तीन दिन सम्म चल्ने

संवादाताः हाम्रो प्रहार
फाल्गुन ११, २०७९

रामेछाप– १० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिकामा बुधबार देखि सुरु भएको प्रतियोगिता ३ दिन सम्म चल्ने छ । लिखुतामाकोशी गाउँपालिकाको वडा नं २ सैपुमा सुरु भएको प्रतियोगिताको प्रतिनिधि सभा सदस्य पुर्ण बहादुर तामाङ  (कान्छाराम) ले उद्घाटन गरेका छन् ।

प्रतियोगिता उद्घानका क्रममा आफ्नो भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिनिधि सभा सदस्य तामाङले जिल्लाको खेलकुद विकासको लागि आफ्नो पाँच वर्षे कार्यकालमा पुर्ण रुपमा लाग्ने प्रतिवद्धता जनाएका छन् । उनले जिल्लाको समग्र खेलकुद विकासको लागि सबै पार्टीबाट निर्वाचित सांसदहरु र स्थानीय तहका जनप्रतिनिधिले पार्टी भन्दा माथी उठेर काम गर्नु पर्ने धारणा राखे ।

सबै पालिकाका खेलाडीहरु सहभागी हुने खेललाई लिखुतामाकोशी गाउँपालिकामा गराउनु राम्रो भएको बताउँदै आगामी दिनमा हुने जिल्ला स्तरीय अन्य खेलहरु पनि सदरमुकाम मन्थलीमा मात्रै नभइ अन्य पालिकामा खेलाउन उनले आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जिल्ला खेलकुद विकास समितिले हरेक वर्ष आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फरक फरक पालिकामा गर्दा ती पालिकाहरुको खेलकुद विकासमा सहयोग पुग्नुका साथै आन्तरिक पर्यटन विकासमा समेत सहयोग पुग्ने बताउँदै यो पटकको जस्तो अभ्यासलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् । कार्यक्रमका बिशिष्ट अतिथि समेत रहेका श्रेष्ठले खेलकुदको क्षेत्रमा विकासको लागि आफ्नो पाँच वर्षे कार्यकालमा जिल्लामा खेलका आधारभूत आवश्यकतालाई पुरा गर्ने काममा लाग्ने प्रतिवद्धता जनाएका छन् ।

आफ्नो पालिकामा जिल्ला स्तरको खेलकुद प्रतियोगिता संचालन गराउन पाउँदा पालिकाको खेलकुद विकासको लागि थप जिम्मेवारी थपिएको बताउँदै लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले आगामी दिनमा लिखुलाई खेलकुदकै माध्यमबाट चिनाउने गरी लाग्ने प्रतिद्धता जनाए । उनले जिल्ला स्तरको खेल लिखुतामाकोशीमा हुँदा पालिकाको पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने बताए ।

अध्यक्ष मतहले लिखुतामाकोशी गाउँपालिका जिल्ला स्तरको खेल खेलाउन सक्ने क्षमता रहेको यो खेलले प्रष्ट पारेको बताउँदै अन्य ठूला खेल खेलाउनु परेमा लिखुतामाकोशीमा खेलाउन अनुरोध पनि गरेका छन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज घागा मगरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, मन्थली नगरपालिकाका उपप्रमुख इश्वरी बस्नेत, उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष सावित्री सुनुवार, नेपाली काँग्रेसका नेता कृष्ण महत, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, लिखुतामाकोशी गाउँपालिका वडा नं २ का वडाध्यक्ष सन्तोष पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

जिल्लाका ८ वटै पालिकाका खेलाडिहरुको सहभागिता रहेको प्रतियोगितामा भलिवल, एथलेष्टिक अन्तर्गतका बिभिन्न दौडहरु, हाइजम, लङजम, ट्रिपल जम्प, सटफुट, ज्याब्लिङ थ्रो, कवर्दि, कराते, लगाएतका खेलहरु खेलाइने आयोजकले जनाएको छ ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper