Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘व्यवस्थापकीय पक्षलाई सुधार गरौँ, सामुदायिक विद्यालयको शिक्षामा सुधार आउँछ’– सांसद श्रेष्ठ

संवादाताः हाम्रो प्रहार
फाल्गुन ६, २०७९

रामेछाप- बागमती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले सामुदायिक विद्यालयको शिक्षालाई सुधार गर्नको लागि विद्यालयको व्यवस्थापकीय पक्षलाई सुधार गर्न जरुरी रहेको बताएका छन् । रामेछाप नगरपालिकाले अयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुक्रबार उद्घाटन सत्रमा बोल्दै प्रदेश सभा सदस्य श्रेष्ठले सामुदायिक विद्यालयमा भएको जनशक्ती, भौतिक संरचना, सेवा सुविधा लगायतका प्रमुख पक्षलाई सुधार गर्ने हो भने शिक्षामा आमूल परिवर्तन आउँने बताउँदै अबको रणनीति विद्यालयको व्यवस्थापकीय पक्ष सुधारको हुनु पर्ने बताएका हुन् । अहिले सामुदायिक विद्यालयमा जनशक्ती, श्रोत–साधान, भौतिक संरचना जस्ता सबै कुरा छन,’श्रेष्ठले भने,‘हामीले ती कुरालाई राम्रो सँग व्यवस्थापन गर्न सक्यौँ भने त्यसैले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन सक्छौ, त्यो कुरामा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी सबै एक भएर लाग्नु पर्छ । हाम्रो क्षेत्रबाट पनि त्यसको लागि सहयोग हुन्छ ।’

विगत लामो समय देखि केही ठाउँहरुमा राजनीतिक दलका मानिसहरु विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने, आफ्नो मान्छेलाई ल्याउने नाउमा क्षमताको पहिचान नगरी तल्लो तहको योग्यता भएका व्यक्तिलाई प्रधानाध्यापक बनाउने, आदेश मान्ने शिक्षक र विव्यसलाई बढी बजेट पठाइदिने, अहिलेको समयलाई पहिचान गरेर शैक्षिक योजना बनाउने शिक्षकलाई असहयोग गर्ने जस्ता कार्यले पनि सामुदायिक विद्यालयको शिक्षमा असर परेको बताउँदै श्रेष्ठले यस्ता सामान्य भन्दा कुरालाई सुधार गर्न लाग्नु पर्ने धारणा राखे ।

प्रदेश सभा सदस्य श्रेष्ठले खेलकुदले हरेक मानिसलाई मानसिक र शारीरिक रुपमा स्वस्थ राख्न, सम्मानित हुन र आर्थिक रुपमा सम्पन्न बनाउन सहयोग पुर्‍याउने हुँदा खेलकुदको विकासमा सबै लाग्नु पर्ने धारणा राखेका छन् । उनले खेलकुदका लागि आवश्यक पर्ने पुर्वाधार निर्माण र ठूला खेलकुद आयोजनाको लागि आफ्नो पाँच वर्षे कार्यकालमा काम गर्ने प्रतिबद्धता जनाए ।

आफू निर्वाचित भएपछि जिल्लाको समग्र विकासको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग र विभिन्न निकायहरुसँग समन्वय गरेर काम सुरु गरिएको श्रेष्ठले दावी गरे ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले प्रत्येक वर्ष नगरमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले नगरको खेलकुदलाई थप सुधृढ बनाउन सहयोग पुगेको बताए । खेलकुदले प्रत्येक मानिसलाई स्वस्थ राख्ने भएकाले जीवन कालको अन्य सम्ममा आफूलाई स्वस्थ राख्नको लागि पनि सानो उमेरमा खेलिने खेलकुदलाई आफ्नो दैनिकी जस्तो बनाउनु पर्नेमा जोड दिए ।

त्यस्तै उपप्रमुख बाल कुमारी कार्कीले खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको क्षमता पहिचान गर्न सहयोग पुग्नुका साथै विद्यार्थीहरुको वितृ विकासमा समेत सहयोग पुग्ने हुँदा खेलकुद विकासको लागि सबै लाग्नु पर्ने बताइन् ।

शुक्रबार देखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ३ दिन सम्म संचालन हुने बताइएको छ । प्रतियोगितामा रामेछाप नगरपालिकाका १३ वटा विद्यालयले विभिन्न खेलका साथ सहभागिता जनाएका छन् ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper