Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

साहित्यकारहरुका बीचमा “निरमाया“ चलचित्रको प्रथम प्रदर्शन

संवादाताः हाम्रो प्रहार
माघ २३, २०७९

परिवर्तन आफैँबाट सुरु गरौँ समाज स्वतः बदलिने छ भन्ने मूल उद्देश्यसहित मदानी मुभी एन्ड इन्टरटेन्टमेन्टद्वारा निर्माण भएको सामाजिक चलचित्र निरमायाको प्रथम प्रदर्शन भएको छ ।

नेपाल स्रष्टा समाजले २०७९ माघ २२ गते चलचित्र विकास बोर्डको हलमा प्रदर्शन गरेको “निरमाया“ चलचित्र हेर्न उल्लेख्य साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

अनन्तप्रसाद तिमिल्सिनाको प्रस्तुति, रमेश कोइरालाको निर्देशन तथा कार्यकारी निर्माता महेश तिमिल्सिना र निर्माता रमेश दाहाल तथा रोजा तिमिल्सिना रहेको निरमाया चलचित्रमा कलाकारहरु रमेश बुढाथोकी, लय संग्रौला र नायक अजित लामिछाने जस्ता उम्दा कलाकारहरु र अन्य कलाकारले समेत सशक्त अभिनय गरेका छन् ।

चलचित्रमा जातीय विभेद, कुप्रथा र छुवाछूतको विषय समेटिएको छ । समान र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उँचनिचको भेदभाव निर्मूल पार्नुपर्नेजस्ता विषयलाई चलचित्रमा देखाइएको छ ।

कला र सीपको राम्रो संयोजन रहेको “निरमाया“ चलचित्रमा महिला र पुरुष दुई जातिमात्र रहेको र सबैको रगत रातो हुने सन्देश दिइएको छ । चलचित्रको कथा मनछुने मार्मिक र सन्देशमूलक रहेको छ भने सबै कलाकारहरुको अभिनय अब्बल रहेको छ ।
चलचित्र पर्दशनपश्चात् अन्तर्किया कार्यक्रममा उपस्थित साहित्यकारहरुले चलचित्रका विषयमा आआफ्नो धारणा राखेका थिए ।
यस्ता खाले चलचित्रहरुलाई हरेक स्थानीय निकायमा प्रदर्शन गर्न राज्यले पनि सहयोग गरेमा जातिय छुवाछूतको अन्त्यमा न्यून हुने कुरा बरिष्ठ साहित्यकार एवं पत्रकार नगेन्द्रराज शर्माले बताए ।

बरिष्ठ साहित्यकार रोचक घिमिरेले चलचित्रको कथाबस्तु र प्रस्तुतिले हरेक दर्शकको मन छुने र चलचित्रमा देखाइएको बिम्बात्मक दृश्यले चलचित्रको उद्देश्यलाई थप प्रष्ट पारेको कुरा बताउँदै प्रस्तुतकर्ता तिमल्सिना रामेछापकै भएको र आफू पनि रामेछापमै जन्मिएको कारण यस चलचित्र आउनुमा आफू गौरवान्वित भएको कुरा बताएका थिए ।

साहित्य पत्रकार संघका राधेश्याम लेकालीले चलचित्रको सुरुवातको दृश्यले नै आफू प्रभावित भएको बताउँदै सहीदका सपनाहरुलाई सिंहदरबारले अझै पूरा गर्न नसकेको कुरालाई चलचित्रमा बडो विम्बात्मक भावमा प्रस्तुत गरिएको कुरा चर्चा गरेका थिए ।

चलचित्रका विषयमा बरिष्ठ साहित्यकार तुलसी दिवसले यस चलचित्र गाउँघरमा मात्र होइन शहरबजारमा पनि उत्तिकै सामाजिक चेतना जगाउन सक्ने भएको कुरा बताउँदै चलचित्रका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

चलचित्रका विषयमा बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, शान्ता मानवी, राजेन्द्र शलभ, पवन आलोक, विवश पोखरेल, डा. कुमार कोइराला, आयोजक संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन आदि साहित्यकारहरुले आफ्नो धारणा राखेका थिए भने साहित्यकारहरुका बीचमा चलचित्र प्रदर्शन गरी सिने कला र साहित्यलाई जोडेर ऐतिहासिक कार्य गरेको भन्दै निरमाया समूहलाई धन्यवाद व्यक्त गरेका थिए ।

साहित्यकार तथा मेडिकेयर अस्पतालका डा. अर्जुनदेव भट्ट, प्रशासक, साहित्यकार हरिभक्त सिग्देल, साहित्यकार खेमनाथ दाहालको समेत चलचित्र प्रदर्शनमा उपस्थित रहेको थियो ।
चलचित्रका विषयमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय महासचिव विमला निरौला, अनेसास नेपाल च्याप्टरका महासचिव ऋषभदेव घिमिरे, उपाध्यक्ष राजेन्द्र केसी, सदस्य सुमन वर्षा, मन्जिला शर्मा, कमला रिसाल, कल्पना खरेल, साहित्यकार बिक्रम भक्त जोशी आदिले चलचित्रका विषयमा संक्षिप्त प्रतिक्रिया दिएका थिए भने अनेसास नेपाल च्याप्टरका सदस्य एवं स्रष्टा समाजका सदस्य मधु पाठकले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related Posts

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)
समाचार

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २१, २०८२
0

चर्चित गायिका रीता केसीले हालै मात्र म हरायकी हुँ त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन । सांगितिक क्षेत्रमा...

पुरा पढ्नुहोस्
गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
समाचार

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २०, २०८२
0

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक सार्वजनिक भएको छ । एनआर क्रेशनले रेग्मीको नयाँ गीत बजारमा...

पुरा पढ्नुहोस्
७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

संवादाताः रामचन्द्र वि.क.
कार्तिक १८, २०८२
0

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper