Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

राती हुने अबैध बालुवा तस्करी रोक्न खाँडादेवी गाउँपालिका अध्यक्ष आफै गस्तीमा

संवादाताः रामचन्द्र वि.क.
पुस १५, २०७९

रामेछाप- खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले सुनकोशी किनारमा राती–राती हुने गरेको अबैध बालुवा तस्करी रोक्न गस्ती नै गर्न थालेका छन् । खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमको खैरेनी पुल नजिक सुनकोशी नदी किनारमा दैनिक जसो नै रातको समयमा अबैध रुपमा बालुवा तस्करी हुन थालेपछि गाउँपालिका अध्यक्षले प्रहरी सहित तस्करी रोक्न गस्ती गर्न थालेका हुन् ।

विहिबार राती नदी किनारबाट स्काभेटर प्रयोग गरी दर्जनौ ट्रकमा अबैध रुपमा गिटी, बालुवा र ढुंगा उत्खनन् गरेर तस्करी भइरहेको खबर पाएपछि अध्यक्ष श्रेष्ठले आफ्नो फेसबुक पेज मार्फत तस्कर भइरहेको भिडियो लाइभ गर्दै खैरेनी पुगेर तीन ओटा ट्रक र दुई ओटा स्काइभेटर नियन्त्रणमा लिएका छन् ।

मध्यरातमा कोशी किनारमा पुगेका अध्यक्षले बलुवा तस्करी भइरहेको दृश्य आफ्नो फेसबुक पेजमा भिडियो राखेका छन् । लाइभ भिडियोमा अध्यक्ष श्रेष्ठले निर्माणाधिन मध्यपहाडी राजमार्ग र कोशीको बहाव क्षेत्रलाई नै असर गर्ने गरी तस्करी भइरहेको बताएका छन् । नदीजन्य बस्तु उत्खननमा प्रयोग भएको स्काइभेटरको भिडियो देखाउँदै अध्यक्ष श्रेष्ठले एकदुई जना तस्करी गर्ने व्यक्तिलाई जोगाउने कि ?, राष्ट्रको धन जोगाउने ? भन्दै प्रश्न समेत गरेका छन् ।

यस अघि पनि पटक–पटक नदी जन्य बस्तु चोरी हुने गरेको सूचना आएको र त्यस्तो अवैध रुपमा काम नगर्न सम्बन्धित व्यक्तिहरुलाई अनुरोध गर्दा समेत चोरी नरोकिएपछि बाध्य भएर प्रहरीको सहायतामा बालुवा तस्कर रोक्न नदी किनारमै पुग्नु परेका अध्यक्ष श्रेष्ठले बताए ।

कानूनी प्रक्रिया मिलेपछि बैधानिक रुपमै निकाल्न मिल्ने नदी जन्य बस्तु केही व्यक्तिले अवैध रुपमा चोरी गरीरहेको बताउँदै अध्यक्ष श्रेष्ठले भने– ‘खाँडादेवी गाउँपालिका भित्र रहेका नदी जन्य बस्तुको वैधानिक रुपमा नै निकासी गर्न सकिने गरी गाउँपालिकाले टेन्डर खोलेको छ । त्यसमा सहभागी भएर राज्यलाई कर तिरेर नदी जन्य बस्तु निकाल्नुको सट्टा अबैध रुपमा केही व्यक्तिले राती–राती चोरेर लानु राम्रो हैन् । त्यसैले म राती–राती नदी किनारमा गस्ती गर्न बाध्य भएँ ।’

नदी जन्य बस्तुको अवैध रुपमा चोरी निकासीको काम देशैभरी भइरहेको बताउँदै अध्यक्ष श्रेष्ठले अब पनि यस्तो अवैध धन्दा नरोक्ने हो भने देशलाई ठूलो नोक्सानी हुने धारणा राखे ।

रातको समयमा हुने चोरीलाई रोक्ने काम एक दिनको मात्रै नभएर चोरी नरोकिए यो कार्य अब नियमित बनाउने अध्यक्ष श्रेष्ठले बताए । उनले यो अभियानमा प्रहरी–प्रशासन, स्थानीय नागरिक, कर्मचारी, पत्रकार लगायत सरोकारवालालाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनले खाँडादेवी गाउँपालिकालाई आफ्नै पालामा सुशासनमैत्री पालिका बनाउने अभियानमा लागेको पनि बताए ।

यसरी भएको थियो सुनकोशी नदीमा नदी जन्य बस्तुको चोरी

भिडियो- १

भिडियो- १

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper