काठमाण्डौ– प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्णबहादुर तामाङ (कान्छाराम) ले देश निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने स्वर्गीय व्यक्तिहरुलाई उच्च सम्मान गर्दै अगाडि बढ्ने बताएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक अध्यक्ष स्व. बनवारीलाल मित्तल र नेपाल निर्माण व्यवसायी महासंघकै पूर्व अध्यक्ष शहिद स्व. शरद कुमार गौचनको सालिकमा माल्यार्पण गर्दै भौतिक पुर्वाधारको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरुलाई उच्च सम्मान गर्दै अगाडि बढ्ने बताएका हुन् ।
भौतिक पुर्वाधारको क्षेत्रमा ठूलो योगदान गर्ने स्व. मित्तल र गौचन जस्ता व्यक्तिहरुलाई राज्यले पनि सम्मान गर्नु पर्ने धारणा राखे ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्णबहादुर तामाङ (कान्छाराम) ले आफू पनि त्यहि क्षेत्रबाट आएको बताउँदै उहाँहरुले देखाएको सकारात्मक बाटोलाई कहिल्यै पनि नबिर्सने धारणा व्यक्त गरे ।
नेपाल निर्माण व्यवसायी महासंघको काठमाण्डौ स्थित अनामनगरमा रहेको केन्द्रीय कार्यालय परिसरमा रहेका सालिकमा माल्यार्पण गरेर तामाङले विभिन्न कारणले ज्यान गुमाउने निर्माण व्यवसायीहरु प्रति श्रृद्धाञ्जली समेत व्यक्त गरेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सदस्य सुरेश सुवेदीले जानकारी दिए ।
आफ्नो प्रतिकृया दिनुहोस्