Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home अर्थ

मन्थली बचतको २५ वर्षे यात्रा, १ अर्ब ६ करोड बढीको कारोबार

संवादाताः हाम्रो प्रहार
मंसिर १७, २०७९

रामेछाप- २५ वर्ष अघि मन्थलीमा स्थापना भएको मन्थली बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब माथि पुगेको छ । शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न २५ औँ साधारणसभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन अनुसार २५ वर्ष अघि स्थापना भएको मन्थली बचतको कुल सम्पत्ति १ अर्ब ६ करोड ८४ लाख ७९ हजार ७ सय ६३ रुपैयाँ पुगेको छ ।

संस्थाका कोषाध्यक्ष टीका प्रसाद भट्टले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ मा ६६ लाख ७५ हजार १ सय ५२ रुपैयाँ खुद नाफा उल्लेख छ । त्यसैगरी कोषाध्यक्ष भट्टले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको शेयर पूँजी ९ करोड ४५ लाख ९० हजार ४ सय रुपैयाँ, बचत संकलन ८५ करोड ३५ लाख ४५ लाख २ सय ७४ रुपैयाँ र ऋण लगानी ६६ करोड २९ लाख २५ हजार ९ सय ७६ रुपैयाँ उल्लेख छ ।

साधारणसभाका प्रमुख अतिथि एवं रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले आफ्नो भनाई राख्ने क्रममा २५ वर्ष अघि सामान्य अवस्थाबाट सुरु भएको सहकारीले अर्व भन्दा माथिको कारोबार गर्नु ख्याल–ख्याल नभएको बताउँदै आगामी वर्षहरुमा सहकारीले शेयर सदस्यहरुको जिविको पार्जनमा प्रत्यक्ष सहयोग पुग्ने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । सहकारीको काम बचत उठाउने र ऋण लगानी गर्ने मात्रै नभएकाले जिल्लामा संचालित सबै सहकारीलाई बढी जसो लगानी उत्पादन मुलक क्षेत्रमा लगाउन अनुरोध गरे । 

मन्थली बचतका अध्यक्ष गोविन्द घिमिरेले मन्थली बचत स्थापना गर्दा नै बचत उठाउने र ऋण प्रवाह गर्ने मात्रै नभएर सामाजिक सेवाको समेत भावना राखेर स्थापना गरिएकाले सहकारी मार्फत धेरै सामाजिक कामहरु भएको बताउँदै आगामी दिनमा सहकारीले थप सामाजिक कामहरु गर्दै जाने धारणा राखे । उनले मन्थली बचतले तामाकोशी सेवा समिति र तामाकोशी अस्पताल मार्फत सहकारीका शेयर सदस्यहरुको सामाजिक काम र स्वास्थ्य सेवाका धेरै काम गरीरहेको बताएका छन् ।

मन्थली नगरपालिकाको १४ वटै वडा, रामेछाप नगरपालिकाका ६, ७, ८ र ९, खाँडादेवी गाउँपालिकाका ४ र ५, लिखु तामाकोशि गाउँपालिकाका ३, ४, ५ र ७ सम्म कार्यक्षेत्र रहेको मन्थली बचतले मन्थली, रामेछाप, धोवि, गेलु, चिसापानी, पकरबास र चिसापानी गरि कुल ७ वटा क्षेत्रमा पुगेर त्यहाँका शेयर सदस्यहरुलाई सहभागि गराएर साधारणसभा गर्दै शनिबार मन्थलीमा सम्पन्न गरिएको संस्थाका सचिव हिमाल ढुंगेलले बताए ।

कार्यक्रममा मन्थली बचत तथा ऋण सहकारी संस्थामा उत्कृष्ट बचत र ऋणको कारोवार गने, बाल बचत गर्ने र फरक क्षमता भएका (अपाङ्ग) सदस्यलाई पुरस्कार तथा सम्मान गरीएको थियो । संस्थामा रहेर उत्कृष्ट कार्य गर्ने कर्मचारी कमलबहादुर तामाङ र सहकारी अभियानलाई संचार माध्यमबाट नागरिकको तह सम्म पु¥याउने कार्यमा उत्कृष्ट कार्य गरे बापत पत्रकार रमेश ढुंगेललाई सम्मान सहित पुरस्कार प्रदान गरीएको थियो ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ध्रु्वप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे, रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहाल, तामाकोशी सेवा समितिका अध्यक्ष गुञ्जवहादुर श्रेष्ठ, संचालकहरु नविन केसी र लक्ष्मी बुढाथोकी कार्कीले पनि आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द घिमिरेले संस्थाको २५ वर्षे यात्रा, सचिव हिमाल ढुंगेलले संस्थाको गत वर्षको क्रियाकलाप र आगामी वर्ष गरिने कार्यक्रम, कोषाध्यक्ष टीका प्रसाद भट्टले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक टंक प्रसाद दाहालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper