Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विविध

लिखुतामाकोशी गाउँपालिकाको अभियानः आँखाको ज्योति जोगाउन बिरामी खोज्दै गाउँमै चिकित्सक

संवादाताः रामचन्द्र वि.क.
मंसिर १७, २०७९

रामेछाप– लिखुतामाकोशी गाउँपालिकाले गाउँपालिका भित्र रहेका नागरिकको आँखाको ज्योति जोगाउने अभियान चलाएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको प्राविधिक सहयोगमा गाउँपालिकाले सबै वडामा आँखा शिविर संचालन गरेर आँखाका रोगबाट पीडित बिरामीहरु खोज्ने तथा आँखाको ज्योति जोगाउने उपायको बारेमा जनचेतना जगाउने अभियान चलाएको हो ।

लिखुतामाकोशी गाउँपालिकाका आम नागरिकलाई स्वस्थ बनाउने अभियानको यो पनि एउटा अभियान रहेको गाउँपालिका अध्यक्ष केशव महतले बताए । रहेक मानिसको अभिन्न अंगको रुपमा रहेका आँखालाई मानिसले त्यति धेरै महत्व नदिँदा आफ्नै कमजोरीका कारण पालिका भित्र धेरै मानिसहरु संसार देख्नबाट बञ्चित हुनु परेको बताउँदै त्यस्ता मानिसहरुको आँखाको उपचार गरेर संसार देखाउने र पुर्ण रुपमा आँखाको सुरक्षा गर्ने कार्यको सुरुवात गरिएको अध्यक्ष महतले बताए ।

आँखा विशेषज्ञाहरुको सहयोगमा गाउँ–गाउँमा गएर आँखाका विरामी खोजेर गाउँमै उपचार गर्ने यदि गाउँमा उपचार हुन नसकेका विरामीहरुलाई थप उपचारको लागि मन्थली र काठमाण्डौ सम्म लगेर पनि उपचार गर्ने ब्यवस्था मिलाइएको अध्यक्षले बताएका छन् । अध्यक्षका अनुसार यसरी आँखाको विरामी खोज्न र उपचार गर्न लाग्ने सबै खर्च विभिन्न सहयोगी निकाय र गाउँपालिकाले तिरेर विरामीको उपचार निःशुल्क गर्ने गरी शिविरको आयोजना गरिएको छ ।

यो वर्षबाट सुरु गरिएको आँखा शिविरलाई आउँदा वर्षहरुमा पनि नियमित गरिने अध्यक्ष महतले बताए । पालिकाका नागरिकहरुको सहजतालाई ध्यानमा राखेर गाउँपालिकामा नै ग्रामिण आँखा केन्द्रको स्थापना गरेर सेवा दिने आगामी लक्ष्य रहेको पनि महतले बताए ।

चार दिनको शिविरमा ६ सय बढीले लिए सेवा

बुधबार देखि सुरु भएको शिविर अहिले पनि जारी छ । चार दिनको शिविरमा ६ सय ६६ जनाले आँखाको सेवा लिएको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख उमेश तामाङले बताए । तामाङका अनुसार वडा नं ३ र वडा नं ५ को संयुक्त रुपमा धोवीमा आयोजना गरिएको शिविरमा १ सय ३२ जना, वडा नं १ दुरागाउँमा २ सय ५२ जना, वडा नं २ सैपुमा १ सय ५० जना र वडा नं ४ बिजुलीकोटमा १ सय ३२ जनाले आँखाको सेवा लिएका छन् ।

चार दिनको शिविरमा लिखुतामाकोशी गाउँपालिकाको वडा नं ३ र ५ मा १३ जना, वडा नं १ दुरागाउँमा १८ जना, वडा नं २ सैपुमा १२ जना र वडा नं ४ बिजुलीकोटमा १५ जना मोतिविन्दुका विरामी भेटिएका छन् ।

शिविरमा भेटिएका मोतिविन्दुका विरामीलाई मंसिर २९ गते र पौष १ गते तामाकोशी अस्पतालमा शल्यक्रिया गरिने जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख उमेश तामाङले बताए ।

Related Posts

प्रदेश प्रतिनिधिको मतपरिणामप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय निर्वाचन समितिमा निवेदन
विविध

प्रदेश प्रतिनिधिको मतपरिणामप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय निर्वाचन समितिमा निवेदन

संवादाताः हाम्रो प्रहार
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेशसभा ‘क’बाट प्रदेश अधिवेशन प्रतिनिधिका उम्मेदवार कृष्णकुमार कार्कीले जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामप्रति असन्तुष्टि...

पुरा पढ्नुहोस्
माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण
विविध

माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १२, २०८२
0

रामेछाप– गएको माघ २७ गते रामेछाप जिल्लामा भएको बस दुर्घटनाप्रति संघीय सरकार संवेदनशील नभएको भन्दै लिखुतामाकोशी गाउँपालिकाले सरकारको ध्यानाकर्षण गराएको...

पुरा पढ्नुहोस्
गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान
विविध

गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान

संवादाताः हाम्रो प्रहार
मंसिर २२, २०८२
0

चर्चित गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन् । राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४०...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper