Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा एमालेलाई क्लिन स्वीप गर्दै गठवन्धनका उमेदावार विजयी

संवादाताः हाम्रो प्रहार
मंसिर ११, २०७९

रामेछाप – रामेछाप जिल्लामा नेकपा एमालेलाई क्लिन स्वीप गर्दै सत्ता गठवन्धनका उमेदवारले विजय प्राप्त गरेका छन् । सत्ता गठवन्धनबाट प्रतिनिधिसभा सदस्यका उमेदवार पूणर्वहादुर तामाङ (कान्छाराम) ले नेकपा एमालेका उमेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेका छन् । तामाङले ४७ हजार ९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धि ढुंगेलले ३० हजार ७ सय २९ मत पाएका थिए ।

२०७४ को निर्वाचनमा बाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ संग प्रतिस्पर्धा गरेका तामाङ यो पटक माओवादी केन्द्रकै सहकार्यमा निर्वाचनमा होमिएका थिए । उता २०५६ को प्रतिनिधिसभा र २०६४ साल र २०७० सालको संविधानसभामा पराजित भएका ढुगेल माओवादीको साथमा २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । बाग्मती प्रदेश सरकारमा करिव साढे ३ बर्ष आर्थिक मामिला तथा योजना मन्त्री रहेका ढुंगेल यस पटक गठवन्धन विना निर्वाचनको मैदानमा थिए । उनी एमालेका केन्द्रीय सदस्य र रामेछाप जिल्ला ईन्चार्ज हुन ।

रामेछापका दुवै प्रदेशमा माओवादी केन्द्रका उमेदवारले विजय हासिल गरेका छन् । प्रदेश १(१) मा माओवादी केन्द्रका तारानारायण श्रेष्ठले एमालेका शान्तिप्रसाद पौडेललाई पराजित गरेका थिए । श्रेष्ठले १७ हजार १ सय ४८ मत ल्याउदा उनका प्रतिस्पर्धी एमालेका पौडेलले १५ हजार १ सय ५७ मत पाएका थिए । श्रेष्ठ २०६४ को संविधानसभाको निर्वाचनमा रामेछापबाट निर्वाचित थिए । उनका प्रतिस्पर्धी पौडेल भने २०७४ सालमा बाम गठवन्धनबाट वाग्मती प्रदेश सदस्यमा निर्वाचित भएका थिए । पौडेल छोटो अवधि प्रदेश सरकारमा मन्त्री समेत रहेका थिए । त्यसैगरी प्रदेशसभा १(२) मा माओवादी केन्द्रकै युवराज चौलागाई निर्वाचित भएका छन् । चौलागाईले एमालेका मिलनकुमार घिसिङलाई पराजित गरेका छन् । चौलागाईले २२ हजार ९ सय ७९ मत पाउदा उनका प्रतिस्पर्धि घिसिङले १८ हजार २ सय ५ मत पाएका थिए ।
प्रदेश सभा सदस्यमा निर्वाचित चौलागाई माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हुन । यस अघि उनले प्रतिनिधिसभा सदस्यको टिकट माग गरे पनि प्रदेश सदस्यका लागि उमेदवार वनाइएको थियो । माओवादी र एमाले पार्टी एकिकरण गरी बनेको नेकपा (नेकपा ) मा रहदा समेत उनी वैदेशिक विभागको प्रमुख रहेर काम गरेका थिए । विद्यार्थी राजनितिबाट यात्रा सुरु गरेका उनले माओवादीले संचालन गरेको शसस्त्र युद्ध कालमा समेत भूमिगत राजनीति गरेका थिए ।

निर्वाचित तिनै जना सांसदले आईतबार मन्थलीमा आयोजित विजय र्‍याली पछि नागरिकको अघी निर्वाचनको चरणमा गरेका बाचा पुरा गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । सरकार जसको वनेपनि रामेछापको विकासका लागि एकजुट भएर लाग्ने उनीहरुले प्रण गरेका थिए ।

Related Posts

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक यात्रु घाइते
समाचार

रामेछापको ल्याङल्याङमा बसको ढोकाबाट खसेर एक शिक्षक घाइते

संवादाताः रामचन्द्र वि.क.
भदौ १८, २०८३
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङल्याङमा यात्रुवहाक बसको ढोकाबाट खस्दा एक यात्रु घाइते भएकी छिन् । बिहिबार दिउँसो...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार
समाचार

भोटेकोशी बाढी पीडितलाई गोकुलगंगाले २२ लाख बढी सहयोग गर्ने, बेपत्ताका परिवारलाई २५ हजार

संवादाताः रामचन्द्र वि.क.
भदौ १६, २०८३
0

रामेछाप- रसुवा जिल्लाको भोटेकोशी नदी तथा तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज, उद्धार तथा राहतका लागि...

पुरा पढ्नुहोस्
भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग
समाचार

भोटेकोशी बाढी प्रभावितका लागि श्याम थापाको ५ लाख ११ हजार सहयोग

संवादाताः हाम्रो प्रहार
भदौ १५, २०८३
0

रामेछाप- भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper