Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विविध

रामेछापमा लोकतान्त्रिक बाम गठबन्धनको जितः प्रतिनिधिसभामा काँग्रेस र प्रदेशसभामा माओवादी

संवादाताः रामचन्द्र वि.क.
मंसिर ११, २०७९

रामेछाप– रामेछापको एक प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । आइतबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार प्रतिनिधिसभामा नेपाली काँग्रेस र दुई प्रदेशसभामा नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छारामले एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेललाई फराकिलो मतान्तरले पछि पार्दै बिजयी भएका छन् । बागमती प्रदेशको पुर्व मन्त्री समेत रहेका ढुंगेल १६ हजार ३ सय ६९ मतको फराकिलो मतान्तरले पराजित भएका छन् । नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेको तामाङले ४७ हजार ९९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी ढुंगेलले ३० हजार ७ सय २९ मत पाएका छन् ।

दुई प्रदेशसभा क्षेत्रमा माओवादीका उम्मेद्वार विजयी

रामेछापका दुई प्रदेशसभा क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धन भित्रको दल नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् । रामेछाप प्रदेश सभा (क) मा नेकपा माओवादीका उम्मेद्वार तारानारायण श्रेष्ठ विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेद्वार शान्ति प्रसाद पौडेललाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले १७ हजार १ सय ४८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी पौडेलले १५ हजार १ सय ५७ मत पाएका छन् । श्रेष्ठ र पौडेल बीचको मतान्तर १ हजार ९ सय ९१ मत रहेको छ ।

त्यस्तै रामेछाप प्रदेशसभा (ख) बाट नेकपा माओवादी केन्द्रका युवराज चौलागाई विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी एमालेका मिलन कुमार घिसिङलाई पराजित गर्दै विजयी भएका हुन् । चौलागाईले घिसिङलाई ४ हजार ७ सय ३ मतको फराकिलो मतान्तरले पराजित गरेका छन् । चौलागाईले २२ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् भने घिसिङले १८ हजार २ सय ५ मत प्राप्त गरेका छन् ।

Related Posts

माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण
विविध

माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १२, २०८२
0

रामेछाप– गएको माघ २७ गते रामेछाप जिल्लामा भएको बस दुर्घटनाप्रति संघीय सरकार संवेदनशील नभएको भन्दै लिखुतामाकोशी गाउँपालिकाले सरकारको ध्यानाकर्षण गराएको...

पुरा पढ्नुहोस्
गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान
विविध

गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान

संवादाताः हाम्रो प्रहार
मंसिर २२, २०८२
0

चर्चित गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन् । राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४०...

पुरा पढ्नुहोस्
उमाकुण्ड–१ मा रहेको छेबुक ताल फुटेको आशंका : नुप्छे जलविद्युत आयोजनामा क्षति
विविध

उमाकुण्ड–१ मा रहेको छेबुक ताल फुटेको आशंका : नुप्छे जलविद्युत आयोजनामा क्षति

संवादाताः रामचन्द्र वि.क.
असार २२, २०८२
0

रामेछाप- रामेछाप जिल्लाको उत्तरी क्षेत्र, हिमाली भूगोलमा अवस्थित उमाकुण्ड गाउँपालिका वडा नम्बर १ को ङेजि क्षेत्रस्थित छेबुक ताल फुटेको आशंका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper