रामेछाप- रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेद्वार बिजयी भएका छन् । आइतबार सम्पन्न मतगणना अनुसार नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति समेत रहेका पुर्ण बहादुर तामाङ कान्छारामले एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेललाई फराकिलो मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बागमती प्रदेशको पुर्व मन्त्री समेत रहेका ढुंगेल १६ हजार ३ सय ६९ मतको फराकिलो मतान्तरले पराजित भएका छन् ।
बिजयी तामाङले ४७ हजार ९८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी ढुंगेलले ३० हजार ७ सय २९ मत पाएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्