रामेछाप- रामेछापको प्रतिनिधि सभा तर्फको मतगणनाको अन्तिम परिणाम नआउँदै नेपाली कांग्रेसका पुर्ण बहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् ।
हालसम्म ७८ हजार ८ सय ७२ मत गणना हुँदा तामाङले ११ हजार ३ सय ५७ मतान्तरले अग्रता लिएका छन् । सो क्षेत्रमा ८९ हजार ६२ मत खसेको छ जस मध्य अब मतगणना हुन १० हजार १ सय ९२ मत बाँकी रहेको छ ।
तामाङले हाल सम्म ४० हजार २ सय ६९ मत प्राप्त गरेका गरेका छन् भने नेकपा एमालेका कैलाश प्रसाद ढुंगेलले २८ हजार ९ सय १२ मत ल्याएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्