रामेछाप- नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेलसँगाको मतान्तर दश हजार माथि पुर्याएका छन् । मन्थली नगरपालिकाको ११, १२, १३, १४ र सुनापति गाउँपालिकाको ५ वटा वडाको गणना गर्न बाँकी हुँदा काँग्रेसका उम्मेद्वार तामाङले प्रतिस्पर्धी ढुंगेलसँगको मतान्तर १० हजार ४ सय ७ पुर्याएका हुन् ।
करिब १५ हजार मत गणना हुन बाँकी हुँदा फराकिलो मतान्तर भएपछि तामाङको जित निश्चित जस्तै देखिएको छ । ७३ हजार ७ सय ६९ मतगणना भइसक्दा तामाङले ३७ हजार ६ सय ६१ मत पाएका छन भने ढुंगेलले २७ हजार २ सय ५४ मत पाएका छन् ।
सोमबार देखि सुरु भएको मतगणना अहिले पनि जारी नै छ । आइतबार मध्यान्ह सम्ममा सबै नतिजा आउने सङ्केत देखिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्