रामेछाप– रामेछाप प्रतिनिधि सभाको १५ हजार ५ सय ८७ मत गणना हुँदा एमालेका उम्मेद्वार कैलाश ढुंगेलले मतान्तर घटाएका छन् । १ हजार ७ सय १५ मतले पछाडी रहेका ढुंगेल नामाडीको मतगणना हुँदा कानमछाराम सँगको मतान्तर घटाएर १ हजार ३ सय ९३ मा ल्याएका छन् । कान्छारामले हाल सम्म ७ हजार ३ सय ७४ मत पाएका छन् भने नेकपा एमालेका उम्मेद्वार केलाश प्रसाद ढुंगेलले ५ हजार ९ सय ७६ मत पाएका छन् ।
सोमबार बेलुका देखि सुरु भएको मतगणना अहिले पनि जारी रहेको छ । उमाकुण्ड गाउँपालिकाको ७ ओटा वडा र गोकुलगंगा गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ को मत गणना सम्पन्न भइसकेको छ । अझै ५३ वटा वडाको मतगणना बाँकी रहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्