रामेछाप– रामेछाप प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार तारानारायण श्रेष्ठले आफ्नो अग्रतालाई कायमै राखेका छन् । उमाकुण्ड गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिदाँ माओवादीको उम्मेद्वार तारानारायण श्रेष्ठले २ हजार ३ सय ३५, नेकपा एमालेका उम्मेद्वार शान्ति प्रसाद पौडेलले २ हजार १ सय २०, राप्रपाका हिक्मत सुनुवारले १ हजार ३ सय ६७ र एकीकृत समाजवादीका रमेश बस्नेतले २ सय ५ मत प्राप्त गरेका छन् ।
हाल सम्म उमाकुण्डका वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ । अब वडा नं ७ को मतगणना सुरु भएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्