रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नं १, २, ३ र ४ को मतगणना सकिदाँ प्रतिनिधिसभा सदस्यको पदमा नेपाली काँग्रेसका पुर्णबहादुर तामाङ (कान्छाराम) को अग्रता कायमै रहेको छ । उमाकुण्ड गाउँपालिकाको वडा नं १, २, ३ र ४ को मतगणना सकिदाँ एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेल भन्दा काँग्रेसका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम ९ सय २९ मतले अगाडि रहेका छन् । वडा नं ४ प्रितिमा तामाङले ७ सय २३ मत पाएका छन् भने ढुंगेलले ३ सय ३७ मात्रै पाएका छन् ।
तामाङले हाल सम्म २ हजार ४ सय ४७ मत पाएका छन् भने ढुंगेलले १ हजार ५ सय १८ मत पाएका छन् । उमाकुण्ड गाउँपालिकाको वडा नं १, २, ३ र ४ को गरी ४ हजार ७ सय ८९ मतगणना सकिएको छ । सोमबार बुलेका देखि सुरु भएको मतगणना अहिले पनि जारी नै रहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्