रामेछाप– रामेछाप प्रतिनिधि सभाको मतगणनामा नेपाली काँग्रेसलाई सुरुवाती अग्रता मिलेको छ । मन्थली स्थित मालपोत कार्यालयमा भएको मतगणनामा नेपाली काँग्रेसका उम्मेद्वार पुर्ण बहादुर तामाङ (कान्छाराम) ले ५ सय मत ल्याउँदै अग्रता कायम गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेलले ३ सय ३३ मत ल्याएका छन् । ९ सय ७३ मतगणना सम्पन्न हुँदा तामाङले ढुंगेललाई १ सय ६७ ले पछि पारेका छन् ।
अहिले उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलको मत गणना सम्पन्न भएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्