रामेछाप– रामेछाप प्रतिनिधि सभाको मतगणनामा नेपाली काँग्रेसलाई सुरुवाती अग्रता मिलेको छ । मन्थली स्थित मालपोत कार्यालयमा भएको मतगणनामा नेपाली काँग्रेसका उम्मेद्वार पुर्ण बहादुर तामाङ (कान्छाराम) ले २ सय ३१ मत ल्याउँदै अग्रता कायम गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेद्वार कैलाश प्रसाद ढुंगेलले १ सय ७० मत ल्याएका छन् । ४ सय ७८ मतगणना हुँदा तामाङले ढुंगेललाई ६१ मतले पछि पारेका छन् ।
अहिले उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलको मत गणना भइरहेको छ । गुम्देलमा ९ सय ८१ मत खसेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्