Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

समाज रुपान्तरणको सूचक ‘निरमाया’ को टिजर सार्वजनिक

संवादाताः हाम्रो प्रहार
कार्तिक ९, २०७९

रामेछाप– समाजमा अझैं पनि बग्रेल्ती समस्या ज्यूँ का त्यूँ छन् । कानुनी रुपमा समाजका कुप्रथालाई तिलाञ्जलि दिइए पनि व्यवहारिक रुपमा भने अझैं सतप्रतिशत तिलाञ्जलि दिन नसकिएको दृष्टान्त हाम्रा सामु घाम जत्तिकै छर्लङ्ग छ । यी समस्या हामीले समाजमा देख्दै आएका छौँ, सिनेमाको रिलमा हेर्दै आएका छौँ, आख्यानका संकथनका पढ्दै आएका छौँ, काव्यका हरफमा लय हाल्दै आएका छौँ । तर, समस्या जस्ताका तस्तै छन् । कानुनमा कुप्रथा अन्त्यका दस्तावेज कोरिए तर कानुन त मान्नेका लागि मात्र न हो, नमान्नेका लागि कानुनका दस्तावेजले पनि कुनै अर्थ राख्न सकेका छैनन् । परिणामतः साहित्यमा यस्ता विषयवस्तु बारबार उठान गरिन्छ ।

यस्तै विषयवस्तु बोकेको चलचित्र ‘निरमाया’ मा दाङका दुई हिरो अनुबन्धित भएर निर्माण कार्य सम्पन्न भई प्रदर्शनको तयारीमा रहेको चलचित्र हो ‘निरमाया’ । चलचित्र निरमायामा लामो समयदेखि कलाक्षेत्रमा सक्रिय रहँदै आएका दाङका अजित लामिछाने र जेबि डिसी नायकका रुपमा रहेका छन् । चलचित्र निरमायाको केही दिन अघि टिजर सार्वजनिक गरिएको छ ।

मदानी मुभिजको प्रस्तुतीमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को फर्स्टलुक पोस्टरसहित टिजर सार्वजनिक गरिएको छ । परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको छ ।

अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुती रहेको नेपाली सामाजिक चलचित्र ‘निरमाया’को निर्देशन रमेश कोइरालाले गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको चलचित्र ‘निरमाया’ ले नेपाली समाजको यथार्थ कथा बोल्नेछ ।

चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जे।एन। घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ ।

रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको चलचित्रको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द, कमल अधिकारी, रिमेश कुमारको संगीत रहेको छ । विनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायाँकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको हो ।

एक मिनेट ४५ सेकेन्ड लामो टिजरले वर्षौं देखि जरो गाडेको जातिय छुवाछुतको मुद्दालाई उजागार गर्न खोजेको छ । टिजर मदानी मुभिज एण्ड इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

नेपाल सरकारको संविधानमा १७ वर्ष अघि अन्त्यको घोषणा गरिएको जातीय छुवाछुतको वर्तमान अवस्थामा पनि शहर केन्द्रित भएको तर गाउँ गाउँ कुना कन्दरासम्म यसको प्रभाव अझै रही रहेको र यस चलचित्रले उक्त विषय माथि आम जनमानस र नयाँ पिंढीहरुलाइ सकारात्मक संदेश दिई समाज र सोच परिवर्तन गर्न सफल रहने बिस्वाश निर्माण टिमको रहेको छ । निर्माण टिमले यस चलचित्रलाई नेपाल सरकारको सहयोगमा देशभर विभिन्न शोजहरु गरि जना चेतना जगाउने लक्ष्य लिएको छ ।

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper