Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

मतदाताको चाहना: ‘विकासका लागि कान्छाराम र गठवन्धनलाई भोट’

संवादाताः हाम्रो प्रहार
कार्तिक ६, २०७९

रामेछाप- विकासका नाममा आएको राज्यको पैसामा गिद्धे नजर लगाउने त कुरै छैन, बरु आफ्नो पैसाले राज्यले ध्यान दिन नसकेको विकास निर्माणको काम र समाजसेवा गर्दै १२ बर्ष देखि रामेछापको ओराली उकालीमा विताएका पूर्णवहादुर तामाङ (कान्छाराम) प्रतिनिधिसभा सदस्य पदमा उमेदवार भएपछि धेरै रामेछापेली विकासको अधुरो कुरा पुरा हुनेमा आशावादी देखिएका छन् । कान्छाराम यो पटक कॉग्रेसबाट उमेदवार वनेका छन् र मतदाताको चाहना पनि उनैलाई संसद वनाउने छ ।

‘व्यक्तिगत खर्चमा त यति धेरै काम गर्दै आएको व्यक्ति पदमा पुगेपछि जिल्लाबासीको समस्यामा पक्कै पनि कानमा तेल हालेर वस्नेछैन भन्ने विश्वासले उनको रुख चिन्हलाई मत दिने सरसल्लाह भएको छ ’ गुप्तेश्वरका कृष्णमाया सुनुवारले भनिन् । यसअघीका प्रतिनिधिले ध्यान दिन नसकेका नागरिकको समस्यामा कान्छारामको आंखा पुग्नेछ भन्ने विश्वास मतदातामा रहेको सुनुवारले वताईन । पक्की सडक, कृषिमा आधुनिकीकरण, सहज शिक्षा र स्वास्थ्यको लागि जिल्लामा धेरै काम गर्न बांकी रहेकोले त्यसका लागि सुनुवारले एक मात्र योग्य तिनै कान्छारामलाई देखेकी छिन् । कृष्णमाया सगैं गाउंका सवैको आशाको दियो अव कान्छाराम वनेका छन् । कान्छारामले गुप्तेश्वरमा पुगेर धेरैलाई गुन लगाउने आशा पनि जगाएर फर्केका छन् ।

कान्छाराम होचो कदका छन् । बोलिचालीको नाम पनि कान्छाराम । तर उनको समाजसेवाको भावनाले भने उनलाई उचो बनाएको छ । व्यक्तिगत कुनै लाभको आशा नगरी उनले जिल्लाका कयौं सडक निर्माण गरेका छन् । खानेपानी , विद्यालय, मठमन्दिर र गुम्बा वनाउन, सहयोग गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा कान्छारामले गरेको सहयोग जिल्लामा मात्र हैन, देशकै लागि उदाहरणीय छ । आफ्नो परिवारको सम्पत्तिबाट उनले जिल्लाका विभिन्न स्थानबाट गुड्ने गरी १३ वटा एम्बुलेन्स निशूल्क उपलव्ध गराएका छन् । मृतकको शव वोक्नका लागि एउटा शव वहान उपलव्ध गराएका छन् । निशूलक दिएका एम्बुलेन्सको संचालनको बारेमा पनि उनले बारम्बार चासो राख्ने गरेका छन् । विग्रीएका एम्बुलेन्स आफ्नै खर्चमा मर्मत गरीदिने , चालकको तलव वेहार्ने , एम्बुलेन्सको शूल्क कसैले तिर्न नसकेको अवस्थामा त्यस्तो खर्च वेहोर्न पनि उनि पछि परेका छैनन् । गाडि दुर्घटना होस या प्राकृतिक प्रकोपमा परेका जिल्लाबासीको प्राण जोगाउनका लागि हेलिकप्टर लिएर घटनास्थलमा पुग्ने कान्छारामले धेरैको ज्यान वचाएका छन ।

कान्छाराम नेपाली काँग्रेसका नेता हुन । तर उनले सामाजिक सेवामा दल भनेका छैनन् । उनले काँग्रेसलाई मात्र गुन लगाएका छैनन् । जिल्लाका सवै नागरिकलाई समान आँखाले देख्ने उनले कोरोनाका बेला जिल्लाबाट उपचारका लागि काठमाण्डौं लैजानु पर्ने विरामीलाई निशूल्क एम्बुलेन्सको सेवा प्रदान गरे । त्यसबाट सयौ विरामी लाभान्वित भएका थिए । ‘पिपीई, अक्सिजन सिलिण्डर, मास्क, मात्र हैन, झण्डै २५ लाख पर्ने २ वटा आईसियु वेड समेत अस्पतालमा ल्याएर कोरोनाबाट जिल्लाबासीलाई वचाउने उनको योगदानलाई हामीले भुल्नै सक्दैनौं ’ रामेछापका उत्तरवहादुर श्रेष्ठले भने । उनले समाजमा योगदान गरेको आधारमा कान्छारामले सवैको माया पाउने ठोकुवा गरे ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि उमेदवार भएका कान्छाराम नेकपा (नेकपा) का उमेदवार संग पराजित भएका थिए । त्यस बेलाको निर्वाचन प्रचारमा जाँदा स्थानीयले उनी सँग राखेको माग उनले निर्वाचन हार्दा पनि पुरा गरिदिएर उदाहरणीय काम गरे । चनखु जाने सडक भताभुंग थियो , झण्डै ८० लाख खर्चेर ग्राभेल गरिदिए । गौश्वाराको विकट वस्तीमा सडक खोल्नका लागि निशूल्क डोजर दिए । रामेछाप र मन्थली नगरपालिकाका केहि सडक चौडा पार्ने काममा महिनौं डोजर त्यसै चलाउन दिए । अहिले पनि उनका मेसिन जिल्लामा सहज यातायात आवागमनका लागि तैनाथ छन् ।

कान्छाराम दयालु छन् । उनलाई संसद भएर पैसा कमाउने आशा छैन । निर्वाचन प्रचारमा गाउं पुगेका बेला उनले भनेका छन् – मलाई संसद सचिवालयबाट आउने तलव भत्ता गाउंकै सेवाका लागि समर्पित गर्छु । मलाई खान, लाउन र वस्न मेरै सम्पत्ति पुग्दो छ । संसदको हैसियत हुदाँ राज्यका निकायमा पहुँच हुने भएकाले जिल्लाको विकासमा आमुल परिवर्तन गर्ने उनको अठोट धेरैका लागि आशालाग्दो रुपमा खडा भएको ठोसेका सुन्दर कार्कीले वताए । कार्कीले भने – एउटा क्रियासिल समाजसेवीलाई राज्यको पहुँचमा पु¥याउदा जिल्लाले धेरै लाभ लिन सक्छ ।

यो पटक सत्ता गठवन्धनमा रहेका दल मध्ये काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीका साझा उम्मेदवारको रुपमा कान्छाराम निर्वाचनको प्रचारमा यतिवेला मतदाताको घर दैलोमा छन् । अघिल्लो निर्वाचनमा एमाले र माओवादी मिलेर वनेको नेकपा जोड्दा धेरै माथि मत भएपनि अप्रत्याशित मत ल्याएर चर्चा कमाएका कान्छाराम यो पटक जितको सिढीमा उक्लिदैछन् । एमालेका कैलाश प्रसाद ढुंगेल उनका मुख्य प्रतिस्पर्धि भएपनि माओवादी र एकिकृत समाजवादीको साथ पाउदा ढुंगेललाई धेरै मतान्तरले कान्छारामले पछार्ने आंकलन मतदाताको छ ।

प्रदेश सदस्यमा माओवादीबाट क्रमस तारानारायण श्रेष्ठ र युवराज चौलागाई उमेदवार वनेका छन् । प्रदेश क मा उमेदवार भएका तारारायण श्रेष्ठ यस अघी संविधानसभाको सदस्य निर्वाचीत भएका अनुभवि राजनीतिज्ञ हुन । उनले सर्वदलिय संयन्त्रमा रहेर जिल्लाको विकासका लागि काम गरेका थिए । उता ख प्रदेशका प्रभावशाली युवा उमेदवार युवराज चौलागाई अभिव्यक्तिका कारण चर्चाको चुलीमा छन् । चौलागाईका बौदिक र तार्किक राजनीतिक विश्लेषण सहितको अभिव्यक्तिले उनको गोलाकार भित्रको हसियाँ हथौडामा भोट हाल्न मतदाता आतुर छन् ।

‘गठवन्धनबाट तिनै उमेदवारको जित सहज हुन्छ ’ माओवादी केन्द्रका नेता धावा लामा भन्छन् – गठवन्धनका नेता कार्यकर्ता एक भएर निर्वाचनमा लागेको परिदृष्यले पनि त्यसको छनक दिइसकेको छ । हामी धेरै माथिको मतान्तरमा निर्वाचन जित्दैछौं लामाले भने ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper