Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा सत्ता गठबन्धनको वडा स्तरीय सभाको पाँचौ दिन: कुबुकास्थली र बाम्तीमा सम्पन्न

संवादाताः हाम्रो प्रहार
कार्तिक ४, २०७९

रामेछाप- रामेछापका सत्ता गठबन्धन दलको संयुक्त वडा स्तरीय सभाको चौथो दिन बिहिबार उमाकुण्ड गाउँपालिका वडा नं ३ कुबुकास्थली र वडा नं २ बाम्तीभण्डारमा कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र नेकपा माओबादी केन्द्रबाट रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ सहितको टोली मंसिर ४ गते हुने निर्वाचनको लागि प्रचार प्रसारमा छन् ।

बाम्तीभण्डारको कार्यक्रममा आफ्नो भनाई राख्दै प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कान्छारामले रामेछापको समग्र समस्याको समाधानको लागि आफ्नो उम्मेद्वारी रहेको बताउँदै मंसिर ४ को निर्वाचनमा आफूलाई निर्वाचित गराउन अनुरोध गरे । उनले रामेछापको उत्तरी भेगको उमाकुण्ड गाउँपालिका बिगत देखि विकासमा धेरै पछि परेको बताउँदै आफू निर्वाचित भएपछि उमाकुण्डलाई पहिलो प्राथमिकतामा राखेर विकास गर्ने प्रतिबद्धता जनाए । उनले भौगोलिक रुपमा अति दुर्गम रहेको उमाकुण्डको भौतिक विकास र सामाजिक विकासको लागि आफूले यस अघि पनि ब्यक्तीगत रुपमा सहयोग गरेको र अब निर्वाचित भएपछि उमाकुण्डलाई विकाससँग जोड्ने प्रतिबद्धता जनाए । प्राकृतिक रूपमा उमाकुण्ड गाउँपालिका सम्पन्न रहेको बताउँदै यो पालिका भित्र भएका प्राकृतिक स्रोतलाई समुचित प्रयोग गरेर समृद्ध उमाकुण्ड बनाउने धारणा राखे ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेद्वार तारानारायण श्रेष्ठले उमाकुण्ड गाउँपालिकाको सम्पुर्ण भुभागको‌ बारेमा र पालिका विकासमा पछि परेकोमा पुर्ण रुपमा जानकार रहेको बताउदै निर्वाचित भइसकेपछि समृद्ध उमाकुण्ड बनाउने गरि काम गर्ने प्रतिबद्धता जनाए । उनले उमाकुण्डवासीको गुनासो धेरै रहेको र आफूहरु निर्वाचित भएपछि गुनासोको सुनुवाई हुने बताए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पुर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ कुशलले आफ्नो भनाई राख्दै २०७४ को निर्वाचनमा माओबादीको बलमा चुनाब जितेको एमाले अहिले राजा ल्याउने एजेण्डा बोकेर हिडेको आरोप लगाउँदै नेकपा एमालेलाई देशैभरीबाट हराउन आम मतदातालाई अनुरोध गरे । उनले जिल्लालाई आफू प्रतिनिधि सभाको सदस्य हुँदा पुर्ण बिद्युतिकरण गरिएको, दर्जनौ पक्की पुल निर्माण भएका, सयौँ किलोमिटर सडक कालोपत्र गरिएको बताउँदै अब ठुलठुला पुर्वाधारका काम गर्न अहिलेका गठबन्धनका उम्मेद्वारलाई जिताउन अनुरोध गरे ।

नेपाली काँग्रेस उमाकुण्ड- २ बाम्तीका वडा सभापति चुडामणी श्रेष्ठको अध्यक्षता अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रामेछापका निबर्तमान पार्टी सभापति लवश्री न्यौपाने, प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसबाट समानुपातिकका उम्मेद्वार मुक्त बहादुर महते, नेकपा माओबादी केन्द्रबाट समानुपातिकका उम्मेद्वार केशर कुमार कालिकोटे, नेविसंघका पुर्व महामन्त्री गजेन्द्र बहादुर कार्की, नेकपा माओबादी केन्द्र उमाकुण्ड गाउँ कमिटी अध्यक्ष अनन्त खड्का, नेकपा माओबादी केन्द्र उमाकुण्ड २ का वडा कमिटी अध्यक्ष प्रदिप बस्नेत लगायतले धारणा राखेका थिए ।
शनिबार उमाकुण्डको गुम्देलमा कार्यक्रम रहेको नेपाली काँग्रेस रामेछापका सचिब दिपक खड्काले बताए । कार्यक्रम सोमबार देखि सुरु भएको हो ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper