Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा सत्ता गठबन्धनको वडा स्तरीय सभाको चौथो दिन: गुप्तेश्वर र प्रितिमा सम्पन्न

संवादाताः हाम्रो प्रहार
कार्तिक ३, २०७९

रामेछाप- रामेछापका सत्ता गठबन्धन दलको संयुक्त वडा स्तरीय सभाको चौथो दिन बिहिबार उमाकुण्ड गाउँपालिका वडा नं ६ गुप्तेशर र वडा नं ४ प्रितिमा कार्यक्रम सम्पन्न भएको छ । उमाकुण्ड ४ मा वडा नं ४ र वडा नं ५ को संयुक्त कार्यक्रम भएको हो ।

नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र नेकपा माओबादी केन्द्रबाट रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ सहितको टोली मंसिर ४ गते हुने निर्वाचनको लागि प्रचार प्रसारमा छन् ।

गुप्तेश्वर र प्रितिको कार्यक्रममा आफ्नो भनाई राख्दै प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कान्छारामले रामेछापको समग्र समस्याको समाधानको लागि आफ्नो उम्मेद्वारी रहेको बताउँदै मंसिर ४ को निर्वाचनमा आफूलाई निर्वाचित गराउन अनुरोध गरे । उनले रामेछापको उत्तरी भेगको उमाकुण्ड गाउँपालिका बिगत देखि नै सामाजिक बिकास देखि भौतिक विकासमा समेत पछि परेको बताउँदै आफू निर्वाचित भएपछि उमाकुण्डलाई पहिलो प्राथमिकतामा राखेर विकास गर्ने प्रबद्धता जनाए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेद्वार तारानारायण श्रेष्ठले उमाकुण्ड गाउँपालिकाको सम्पुर्ण भुभागको‌ बारेमा र पालिका विकासमा पछि परेकोमा पुर्ण रुपमा जानकार रहेको बताउदै निर्वाचित भइसकेपछि समृद्ध उमाकुण्ड बनाउने गरि काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पुर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ कुशलले आफ्नो भनाई राख्दै २०७४ को निर्वाचनमा माओबादीको बलमा चुनाब जितेको एमाले अहिले राजा ल्याउने एजेण्डा बोकेर हिडेको आरोप लगाउँदै नेकपा एमालेलाई देशैभरीबाट हराउन आम मतदातालाई अनुरोध गरे ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेसका पुर्व पार्टी सभापति एवं रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले देशमा भएका ठुलठुला परिवर्तन नेपाली काँग्रेस र नेकपा माओवादीको नेतृत्वमा भएकाले अब देश विकासको लागि पनि गठबन्धन आबश्यक रहेको भनाई राखे । उनले देशको विकास गर्ने शक्ती गठबन्धन भएकाले गठबन्धनका दलहरुलाई जिताउन अनुरोध गरे ।

नेपाली काँग्रेस उमाकुण्ड- ६ गुप्तेश्वरका वडा सभापति सुर्य श्रेष्ठको अध्यक्षता र नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका-४ प्रितिका सभापति अमृत कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य लक्ष्मी गुरुङ, प्रदेश सभा तर्फ नेपाली काँग्रेसबाट समानुपातिकका उम्मेद्वार उज्वलराम घिमिरे, नेकपा माओबादी केन्द्रबाट समानुपातिकका उम्मेद्वार केशर कुमार कालिकोटे, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरु झपडराज भण्डारी, रत्नहरि ढुंगेल, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य द्वोय उर्मिला कार्की बस्नेत र जित बहादुर कटुवाल, नेकपा माओबादी केन्द्र उमाकुण्ड गाउँ कमिटी अध्यक्ष अनन्त खड्का, रामेछाप नेबिसंघ अध्यक्ष बिनोद बुढाथोकी लगायतले भनाई राखेका थिए ।

शुक्रबार उमाकुण्डको कुबुकास्थली र बाम्तीभण्डारमा कार्यक्रम रहेको नेपाली काँग्रेस रामेछापका सचिब दिपक खड्काले बताए । कार्यक्रम सोमबार देखि सुरु भएको हो ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper