Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा सत्ता गठबन्धनको वडा स्तरीय सभाको दोस्रो दिन: बिजुलीकोट र सैपुमा सम्पन्न

संवादाताः हाम्रो प्रहार
कार्तिक १, २०७९

रामेछाप- रामेछापका सत्ता गठबन्धन दलको संयुक्त वडा स्तरीय सभाको दोस्रो दिन मंगलबार लिखुतामाकोशी वडा नं ४ बिजुलीकोट र वडा नं २ सैपुमा कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र नेकपा माओबादी केन्द्रबाट रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ सहितको टोली मंसिर ४ गते हुने निर्वाचनको लागि प्रचार प्रसारमा छन् ।

बिजुलीकोटको कार्यक्रममा आफ्नो भनाई राख्दै प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कान्छारामले रामेछापको भौतिक विकास देखि जिल्लाबासीका सामाजिक समस्याका रुपमा रहेका विभिन्न समस्या समाधानको लागि आफ्नो उम्मेद्वारी रहेको बताउँदै मंसिर ४ को निर्वाचनमा आफूलाई निर्वाचित गराउन अनुरोध गरे । उनले रामेछापको समस्याको बारेमा आफू पुर्ण रुपमा जानकार रहेको बताउँदै निर्वाचित भएपछि जनताका हरेक समस्या समधान गर्न लाग्ने प्रतिबद्धता जनाए । जनताको मत पाएर आफू सांसद भएमा संसदबाट पाउने तलब भत्ता बिपन्न परिवारका मानिसलाई अफ्टेरो पर्दा सहयोग गर्ने घोषणा गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेद्वार तारानारायण श्रेष्ठले जनताले प्रदेश सरकारबाट पाउने विकासमा रामेछाप जिल्लालाई जनता सँग जोड्नको लागि आफ्नो उम्मेद्वारी रहेको बताउँदै मंसिर ४ को निर्वाचनमा मतदान गर्न मतदातालाई अनुरोध गरे । यस अघि एमालेको बलमा चुनाब जितेका शान्ति पौडेलले प्रदेश सरकारको मन्त्री हुँदा पनि विकास निर्माणको कुनै पनि काम नभएको आरोप लगाउँदै बिशेष गरि रामेछाप प्रदेश सभा (ख) को विकास गर्ने जिम्मेवारी गठबन्धनको काँधमा आएकाले आफूहरु निर्वाचित भएपछि जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पुर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ कुशलले आफ्नो भनाई राख्दै २०७४ को निर्वाचनमा माओबादीले चुनाब जिताएका एमालेका कैलाश प्रसाद ढुंगेल र शान्ति प्रसाद पौडेलले मन्त्री हुँदा जनताको समस्यालाई एउटा पनि संबोधन नगरेको आरोप लगाउँदै यो पटक पनि एमालेले चुनाब जिते रामेछापको विकास एक दशक पछाडि धकेलिने बताए । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेसका पुर्व पार्टी सभापति एवं रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले देशमा भएका ठुलठुला परिवर्तन नेपाली काँग्रेस र नेकपा माओवादीको नेतृत्वमा भएकाले अब देश विकासको लागि पनि गठबन्धन आबश्यक रहेको बताउँदै गठबन्धनलाई मतदान गर्न अनुरोध गरे ।

नेकपा माओवादी केन्द्र लिखुतामाकोशी ३ वडा कमिटीका अध्यक्ष काजी बहादुर मुग्रातीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसबाट समानुपातिकका उम्मेद्वार मुक्त वॐबहादुर महत, नेपाली काँग्रेस बागमती प्रदेश समिति सदस्य कल्पना खड्का, नेपाली काँग्रेस पुर्व महाधिवेशन प्रतिनिधि कृष्ण बहादुर महत, नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) का सभापति निरोज खड्का लगायतले भनाई राखेका थिए ।

बुधबार लिखुतामाकोशी २ दुरागाउँमा कार्यक्रम रहेको नेपाली काँग्रेस रामेछापका सचिब दिपक खड्काले बताए । कार्यक्रम देखि सोमबार सुरु भएको हो ।

Related Posts

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper