Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा सत्ता गठबन्धनको वडा तहको चुनावी सभा सुरु

संवादाताः हाम्रो प्रहार
कार्तिक १, २०७९

रामेछाप- रामेछापमा सत्ता गठबन्धनको वडा स्तरीय चुनावी सभा सुरु भएको छ । लिखुतामाकोशी गाउँपालिकाको वडा नं ५ नगदहबाट सोमबार देखि अभियान सुरु भएको हो ।

जिल्लाका ६४ ओटै वडा सम्म पुग्ने गरी अभियान सुरु गरिएको निर्वाचन परिचालन समितिले बताएको छ ।

चुनावी सभालाई संबोधन गर्दै नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले रामेछापको विकासको लागि आफ्नो उम्मेद्वारी रहेको बताए । उम्मेद्वार तामाङले आफू सरकारको कुनै पनि जिम्मेवारीमा नहुँदा पनि जिल्लामा व्यक्तिगत खर्चमा धेरै सामाजिक काम र भौतिक विकासको काम गरेको बताउँदै अब सरकारकै प्रतिनिधि भएर काम गर्ने चाहना रहेकाले मंसिर ४ को निर्वाचनमा आफ्नो नेतृत्वमा रहेको उम्मेद्वारलाई मतदान गर्न अनुरोध गरे । नेपाली काँग्रेसकै सरकारले लिखुतामाकोशीको हलेदे धोवी सिरिशे सडकलाई कालोपत्र गर्ने काम सुरु गरेकाले अबको‌ पाँच वर्ष भित्र उक्त सडकलाई सम्पन्न गरेर‌ अन्य  विकासको काम गरिने बताए । रामेछापमा धेरै विपत्तका घटनाहरु हुने गरेको र तत्काल उद्दार‌ नहुँदा धेरै मानिसले ज्यान गुमाउनु परेकाले अहिले आफैले हेलिकप्टर खरिद गरेर ल्याएको बताउँदै उम्मेद्वार तामाङले कम आर्थिक अबस्था हुनेलाई निःशुल्क उद्दार गरिदिने पनि उदघोष गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार रहेका तारानारायण श्रेष्ठले अहिलेको निर्वाचन एउटा पात्रले मात्रै जित्ने निर्वाचन नभइ जिल्लाको पाँच बर्षको विकासको खाकाले जित हुने भएकाले सबै मतदाताले निर्वाचनमा भाग लिएर गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरे । प्रदेश सभाका उम्मेद्वार श्रेष्ठले २०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित भएका सासंद मन्त्री हुदाँ पनि रामेछापको प्रदेश सभा (क)‌ मा कुनै पनि बिकास नभएको स्मरण गर्दै प्रदेश क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व राज्य मन्त्री एवं नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज श्याम कुमार श्रेष्ठ कुशलले अहिले राजतन्त्र फर्काउने एजेण्डा सहित एमाले चुनावी अभियानमा आएको आरोप लगाउदै रामेछापमा‌ एमालेलाई जनताले अस्वीकार गर्ने धारणा राखे । उनले अहिले प्रतिनिधिसभाको उम्मेद्वार रहेका कान्छाराम तामाङ समाज सेवी र विकास प्रेमी नेता रहेकाले अत्याधिक मतले बिजय गराउन आम मतदातालाई अनुरोध गरे । त्यस्तै प्रदेश सभाका उम्मेद्वार श्रेष्ठले‌ यस अघि संविधान सभाको सदस्य हुँदा सविधान बनाउने काम गरेर देशलाई स्थिरताको बाटोमा पुर्याएको बताउँदै अब जिल्लाको विकासको लागि पनि जिताउन अनुरोध गरे ।

नेपाली काँग्रेसका पुर्व पार्टी जिल्ला सभापति लवश्री न्यौपानेले २०७४ को निर्वाचनमा बहुमतका साथ जितेको एमालेको घमण्डीले गर्दा सरकारबाट बाहिरिनु परेको बताउँदै मंसिर ४ पछिको निर्वाचनमा मतदाताले एमालेलाई सडकमा पुर्याइदिने बताए । २००७ साल देखि बिभिन्न आन्दोलनको नेतृत्व गरेको काँग्रेस र २०६२/ २०६३ को आन्दोलनको सहयात्री बनेको माओबादीको संयुक्त गठबन्धनका उम्मेद्वारलाई जिताएर विकासको सुरुवात ढोका खोल्न आम मतदातालाई अनुरोध गरे ।

लिखुतामाकोशी- ५ नागदहमा‌ नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका सभापति भोज बहादुर खड्का सुन्दर र वडा नं ३ चिलाउनेमा नेकपा माओबादी केन्द्र वडा न ३ का वडा कमिटी अध्यक्ष अमृत तामाङको अध्यक्षतामा‌ सम्पन्न‌ भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा तर्फ माओबादीको तर्फबाट समानुपातिकको उम्मेद्वार सुनिता गौतम नेपाली काँग्रेस‌ रामेछापका उपसभापति लेख बहादुर कारकी, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि ध्रुवहरि ढुंगेल,  नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) का सभापति निरोज खड्का, नेकपा माओबादी केन्द्र लिखुतामाकोशी गाउँ कमिटी सदस्य सन्दिप कार्की, नेविसंघ रामेछापका अध्यक्ष बिनोद बिढाथोकी लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा सयौँको संख्यामा स्थानीयहरुको सहभागिता रहेको नेपाली काँग्रेस जिल्ला कार्य समितिका सचिब दीपक खड्काले जानकारी दिए ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper