Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

काँग्रेसमा एकता हुने हो भने देशका कुनै पनि शक्तिले काँग्रेसलाई हराउन सक्दैनन्– रामहरी खतिवडा

संवादाताः हाम्रो प्रहार
अशोज १०, २०७९

रामेछाप– नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य रामहरी खतिवडाले नेपाली काँग्रेस भित्र एकता हुने हो भने देशका कुनै पनि शक्तिले हराउन नसक्ने बताएका छन् । सोमबार नेपाली काँग्रेस रामेछाप नगर समितिले आयोजना गरेको दशै तथा दिपावलीको शुभकामना आदान प्रदान एवं जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य खतिवडाले काँग्रेस भित्र एकता हुने हो भने कुनै गठबन्धनको आवश्यकता पनि नपर्ने र कुनै शक्तिले हराउन नसक्ने बताएका हुन् ।

मंसिर ४ गते हुने निर्वाचनमा काँग्रेसलाई जिताउन नेपाली काँग्रेस रामेछापका नेताहरु एक जुट भएको उदहारण दिदैँ नेता खतिवडाले रामेछापमा काँग्रेसको उम्मेद्वारलाई चुनाव जित्न गठबन्धन आवश्यक नभएको भएपनि देशले अहिलेको गठबन्धनलाई माग गरेको हुँदा गठबन्धन गरेर जानु पर्ने बाध्यता रहेको भनाई राखे । मुख्य गरी अहिलेको निर्वाचनमा नेपाली काँग्रेसले एमाले बाहेक अन्य दलसँग गठबन्धन गर्नुको कारण बताउँदै अहिलेको गठबन्धन संविधान सिध्याउनेका विरुद्ध भएको धारणा राखे ।

दुई तिहाई कम्युनिस्ट पार्टीको नेतृत्वमा तीन वर्षमा देशले धेरै बेथिति बेहोरेको र त्यो बेथिति अन्त्यको लागि अहिले कम्युनिस्ट पार्टीकै सरकारको कामबाट असन्तुष्ट रहेका कम्युनिस्ट पार्टीसँग मिलेर निर्वाचनमा गएर देशलाई एउटा थितिमा ल्याएर अर्को पटक काँग्रेसले एकल बहुमत ल्याउने काँग्रेसको दुर्गामी योजना रहेको उनको भनाई रहेको थियो ।

हिजो राजा ज्ञानेन्द्रले गिरिजा बाबु र प्रजातन्त्रको अस्तित्व नस्वीकार्दा राजतन्त्रको अन्त्य भएको र काँग्रेस नेता कृष्ण प्रसाद, गिरिजा प्रसाद र गणेशमान नमिल्दा यति चाँडै नेपाल कम्युनिस्ट पार्टीहरुको उदाय भएको स्मरण गर्दै केन्द्रीय सदस्य खतिवडाले नेपाली काँग्रेसमा एकता हुने हो भने यो मुलुकमा काँग्रेस बाहेक अन्य शक्तिको उदाय नहुने बताउँदै सबैलाई एक हुन आग्रह गरे ।

मंसिर ४ पछि ओखलढुंगा र रामेछाप दुबै जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व हुने दावी गर्दै दुई जिल्लाको विकासमा आफू प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाए । आफू संविधान सभा सदस्य हुँदा देखि हाल सम्म रामेछापको विकासमा सक्रिय भएर लागेको बताउँदै आगामी दिनमा पनि रामेछापका ठुला सडक कालोपत्र गर्न र पक्की पुल बनाउने लगायतका विकासलाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताए ।

नेपाली काँग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) ले रामेछापमा पनि गठबन्धन हुने निश्चित भइसकेको बताउँदै मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई जिताउन लाग्नु पर्ने बताए । उनले अहिले पनि रामेछापका एक प्रतिनिधि सभा र दुई प्रदेश सभा क्षेत्र नै काँग्रेसले पाउनु पर्छ भनेर आफू लागेको बताए । यद्धपि अहिलको निर्णय केन्द्रीय गठबन्धन अनुसार हुने भएकाले केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई मान्नु पर्ने उनको भनाई रहेको छ ।

नेपाली काँग्रेस रामेछापका निवर्तमान पार्टी सभापति एवं रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले रामेछाप काँग्रेस कुनै पनि पार्टीसँग गठबन्धन नगरेपनि चुनाव जित्ने अवस्थामा रहेकाले काँग्रेस एक्लै चुनाव लड्नु पर्ने धारणा राखे । उनले अहिले नेपाली काँग्रेस पार्टीले समानुपातिकको सूचीमा रामेछापका कुनै पनि नेतालाई नराखेर उपेक्षा गरेको आरोप लगाउँदै केन्द्रीय पार्टी नेतृत्वले रामेछापमा पनि काँग्रेस छ भन्ने कुरा बुझ्न जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्की, ओखलढुंगा काँग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना, नेपाली काँग्रेस रामेछापका पार्टी प्रवकक्ता नारायाण बहादुर बोगटी, बागमती प्रदेशका आमन्त्रित सदस्य सम्भु घिमिरे, महाधिवेशन प्रतिनिधि रत्न कार्की, रामेछाप प्रदेश सभा (क) का सभापति निरोज खड्का, रामेछाप नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी कार्की, प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारी, रामेछाप नगरपालिका वडा नं ७ का वडाध्यक्ष एवं नगर प्रवक्ता समिर कार्की, रामेछाप नगरपालिका वडा नं ८ का वडाध्यक्ष सन्तोष कुमार तामाङ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, नेपाली काँग्रेस रामेछाप नगरका उपसभापति केदार कार्की, नगर सचिव सुशिलहरि बख्रले, नेविसंघ रामेछापका कोषाध्यक्ष युवराज सुवेदी लगायतले दशै तथा दिपावलीको शुभकामना दिदैँ आउँदो निर्वाचनमा सबै काँग्रेस एक भएर लाग्नु पर्ने धारणा राखेका थिए ।

रामेछाप नगरका नगर सभापति कमल विक्रम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा दशै तथा दिपावलीको शुभकामना आदान प्रदान सँगै बैशाख ३० को निर्वाचनमा काँग्रेसबाट निर्वाचित रामेछाप नगरपालिकाका जनप्रतिनिधि र निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

Related Posts

रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस
राजनीति

रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस

संवादाताः हाम्रो प्रहार
कार्तिक १५, २०८२
0

काठमाडौं- नेपाली काँग्रेस रामेछापका युवा नेताहरुले रामेछापमा युवा पुस्ताको नेतृत्वको आवश्यकता र पार्टीभित्र रूपान्तरणको बहस चलाउन थालेको छन् । कांग्रेसको...

पुरा पढ्नुहोस्
पार्टीको नेतृत्व परिवर्तन अनिवार्य छ- काँग्रेस केन्द्रीय सदस्य पौडेल
राजनीति

पार्टीको नेतृत्व परिवर्तन अनिवार्य छ- काँग्रेस केन्द्रीय सदस्य पौडेल

संवादाताः हाम्रो प्रहार
अशोज १०, २०८२
0

रामेछाप- नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले काँग्रेस पार्टीको नेतृत्व परिवर्तन अनिवार्य रहेको बताएका छन् । बिहीबार रामेछापको सदरमुकाम मन्थलीमा...

पुरा पढ्नुहोस्
सञ्चारमन्त्रीको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलापमा
राजनीति

सञ्चारमन्त्रीको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलापमा

संवादाताः हाम्रो प्रहार
बैशाख ६, २०८२
0

रामेछाप- नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवकोटीले सरकार संचारमन्त्रीले नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुने गरी अभिव्यक्तिहरू दिइरहेको आरोप...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper