Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

जिल्ला अस्पताल रामेछापमा ब्लड बैंक स्थापना, विभिन्न शल्यक्रियामा सहयोग पुग्ने

संवादाताः हाम्रो प्रहार
अशोज ४, २०७९

रामेछाप– जिल्ला अस्पताल रामेछापमा ब्लड बैंक स्थापना भएको छ । ८ औँ संविधान दिवसको अवसरमा सोमबार जिल्ला अस्पताल रामेछापमा ब्लड बैंकको स्थापना भएको हो । रामेछाप नगरपालिकाको समेत सहयोगमा जिल्ला अस्पतालमा स्थपना भएको ब्लड बैंकको रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले उद्घाटन गरेर ब्लड बैंक संचालनमा ल्याइएको छ ।

संविधान दिवसकै अवसरमा संविधानको मौलिक हकको स्वास्थ्य सम्बन्धी हकमा उल्लेख भएको ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भन्ने मौलिक हकलाई पुरा गराउने एउटा काम सुरु गर्न पाएकोमा खुसी व्यक्त गर्दै नगर प्रमुख न्यौपानेले जिल्लाका धेरै विरामीले सेवा पाउने भनाई राखे । उनले अस्पतालमा आउने जटिल किसिमका बिरामीलाई आवश्यक पर्ने रगत अब सहज रुपमा जिल्ला अस्पतालमै उपलब्ध हुने भएकोले जिल्ला अस्पतालको गुणस्तरीय सेवा प्रवाहमा नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको र भविष्यमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा संविधान दिवसको समेत शुभकामना दिदैँ रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले जिल्ला अस्पताल रामेछापमा विरामीले पाउने धेरै सेवा हुँदा हुँदै पनि ब्लड बैंक नहुँदा अर्को अस्पताल जानु पर्ने बाध्यता अन्त्यको लागि स्थापना गरिएको ब्लड बैंकले ठुलो राहत मिल्ने विश्वास व्यक्त गरिन् ।

जिल्ला अस्पताल रामेछापका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर गगन अधिकारीले जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा जिल्लामै सम्भव हुने विरामीहरु पनि अन्य ठाउँमा पठाउनु पर्ने बाध्यता रहेको विगतको स्मरण गर्दै अब धेरै अप्रेशन लगायतका उपचार गर्न सहज हुने भनाई राखे ।

अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकार दीपक कुमार पहाडी, नेपालि काँग्रस रामेछापका जिल्ला उप सभापति लेख बहादुर कार्की, नेपाल रेडक्रस सोसाइटी रामेछापका सदस्य ढाल विक्रम कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे लगायतका बक्ताहरुले ८ औँ संविधान दिवसको अवसरमा शुभकामना दिँदै अस्पतालमा ब्लड बैंकको स्थापनाले धेरैको जीवन बचाउन थप सहयोग पुग्ने धारणा राखे । उनिहरुले अस्पतालले आफ्नो सेवा प्रवाहलाई अझ गुणस्तरीय र नागरिक मैत्री बनाउन अस्पताल व्यवस्थापन समिति तथा अस्पताल प्रशासनलाई आग्रह गरेका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले जिल्ला अस्पतालमा ब्लड बैंकको स्थापनाले पनि अस्पतालको थप सेवा विस्तारमा सहयोग पुग्नुको साथै विषेश गरी प्रसुती गराउन आउने महिलाहरु, दुर्घटनामा परेर घाइते भएका र विभिन्न अप्रेशन गर्दा आवश्यक पर्ने रगत दिन सहज भएको बताए ।

ब्लड बैंक स्थापना सँगै सोमबार नै ४० जनाले रक्तदान गरेका छन् ।

जिल्ला अस्पताल रामेछापले हाल प्रसुती शल्यक्रिया, हर्निया, हाइड्रोसेल लगायतका सामान्य किसिमका शल्यक्रियाहरु भइरहेका छन् ।

Related Posts

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper