Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप नगरमा राष्ट्रिय बाल दिवसः हाजिरीजवाफमा कालिाका मावि र नृत्यमा गौरीशंकर मावि प्रथम

संवादाताः हाम्रो प्रहार
भदौ ३०, २०७९

रामेछाप– ५८ औँ राष्ट्रिय बाल दिवस रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ रामेछाप नगरपालिकाले बुधबार रामेछाप बजारमा हाजिरीजवाफ प्रतियोगिता, नृत्य प्रतियोगिता, २०७८ को एसइइमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान लागयतका कार्यक्रम गरी मनाएको हो ।

बाल दिवसको अवरमा आयोजित मावि स्तरीय हाजिरीजवाफमा कालिका मावि देउराली प्रथम, महारुद्र मावि बोलङबोलङ द्धितिय र जनकल्याण मावि च्यास्कु तृतिय भएका छन् । प्रतियोगितामा प्रथम हुने कालिका माविले ९ हजार, द्धितिय हुने महारुद्र माविले ६ हजार र तृतिय हुने जनकल्याण माविले ३ हजार नगद सहित पुरस्कृत भएका छन् । मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा नगर भित्रका १० विद्यालयहरु सहभागी भएका थिए । हाजिरीजवाफ प्रतियोगिता रामेछाप नगरपालिकाका अधिकृत नारायाण सुवेदीले संचालन गरेको थिए ।

त्यस्तै बाल दिवसकै अवसर पारेर निमावि स्तरीय एकल नृत्य प्रतियोगिताको पनि आयोजना गरेको छ । एकल नृत्य प्रतियोगितामा गौरीशंकर माविकी छात्रा गुन्जन श्रेष्ठ प्रथम, जनकल्याण मावि च्यास्कुकी छात्रा शान्ता श्रेष्ठ द्धितिय, गंगालाल एकेडेमीकी छात्रा राशि श्रेष्ठ तृतिय र भिमेश्वर मावि रामपुरकी छात्रा भुमिका मगर सान्त्वना भएकी छिन् । नृत्य प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने छात्राहरुलाई क्रमशः पाँच हजार, तीन हजार, एक हजार पाँच सय र पाँच सय नगद सहित पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा भाग लिने एकल नृत्यको मुल्यांकण लिला बरालको संयोजकत्वमा रामेछाप नगरपालिका वडा नं ८ का वडाध्यक्ष सन्तोष तामाङ र रामेछाप नगरपालिका महिला तथा बालबालिका शाखाका कर्मचारी बिमला शर्माले गरेका थिए ।

२०७८ को एसइइमा उत्कृष्ट अंक ल्याउने दुई जना विद्यार्थीलाई नगरपालिका नगद सहित सम्मान गरेको छ । सम्मानित हुनेमा हिमगंगा मावि साँघुटारका छात्र सबिन थापा र मावि भंगेरीका छात्रा प्रिती तामाङ रहेका छन् । हिमगंगा माविकका छात्र सबिन थापालाई नगद १० हजार र मावि भंगेरीका छात्रा प्रिती तामाङलाई नगद ९ हजार सहित सम्मान गरिएको छ ।

बाल दिवसकै अवसर पारेर यस अघि नै नगर भित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु बीचमा ‘रामेछाप नगरका माटो’ शीर्षकमा आयोजना गरिएको निवन्ध प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने छात्र÷छात्राहरुलाई पनि पुरस्कृत गरिएको छ । निवन्ध प्रतियोगितामा मावि भंगेरीका छात्रा मेलिना श्रेष्ठ प्रथम, शारदा संस्कृत माविका सोनिका श्रेष्ठ दोस्रो, गौरीशंकर माविका आयुष खड्का तितृय र कालिका माविका मनिका खड्का सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः ६ हजार, ४ हजार, ३ हजार र २ हजार नगद प्रदान गरिएको छ । निबन्ध प्रतियोगितामा १४ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

विभिन्न प्रतियोगितामा भाग लिइ पुरस्कृत तथा सम्मान हुनेहरु छात्रा÷छात्रहरुलाई रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपाने, उपप्रमुख बाल कुमारी कार्की र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले पुरस्कार दिएर सम्मान गरेका थिए ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper