रामेछाप– नयाँ गोरख गण रामेछापले रामेछापको शिव मन्दिर सरसफाई गरेको छ । शिव मन्दिर व्यवस्थापन समिति र स्थानीयको समेत सहभागितामा नेपाली सेना (नयाँ गोरख गण) ले आइतबार रामेछाप नगरपालिका वडा नं ८ धारापानीमा रहेको शिव मन्दिर र मन्दिर आसपासको क्षेत्र सरसफाई गरेको हो ।
विजय दशमीको फुलपाति शिव मन्दिरबाट ग्रहण गरी युनिटमा भित्र्याउने परम्परा रहेको र विजय दशमी नजिकिदै गएकाले मन्दिर र मन्दिर परिसरको सरसफाई गरिएको नयाँ गोरख गण रामेछापका गणपती दिपक क्षेत्रीले बताए ।
नेपाली सेनाले प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन उक्त मन्दिरबाट शास्त्रीय विधिअनुसार पुजा गरेर फुलपाति भित्र्याने गरेको छ ।
मन्दिर तथा मन्दिर परिसर सरसफाइले मन्दिरको रौणक बढाउनुको साथै मन्दिर परिसरमा रहेको पानीको स्रोत संरक्षमा समेत सहयोग पुगेको स्थानीयहरुले बताएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्