Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home स्थानीय सरकार

रामेछाप नगरको नीति तथा कार्यक्रम– ‘महंगो शुल्क तिर्ने क्षमता छैन हाम्रो, निजी भन्दा सामुदायिक विद्यालय राम्रो’

रामचन्द्र वि.क. संवादाताः रामचन्द्र वि.क.
२०७९ असार १०

रामेछाप– रामेछाप नगरपालिकाले आगमी आर्थिक वर्ष २०७९÷०८० को लागि नीति तथा कार्यक्रम ल्याएको छ । नगरपालिकाले बिहिवार आगमी आर्थिक वर्षका लागि नगरवासीको आवश्यकतलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको हो । नगर उप्रमुख बाल कुमारी कार्की थापाले ११ औँ नगरसभामा आगमी आर्थिक वर्षका समष्टिगत नीतिलाई मुख्यतय २६ बुँदामा समेट्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।

उपप्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी पाँच वर्ष भित्र नगरवासीलाई स्वाच्छ तथा सफा खानेपानी व्यवस्थापानको लागि एक घर एक धारा, बाँझो जमिनलाई खेतीयोग्य जमिनमा परिणत गर्न सिंचाई सुविधा गह्रा गह्राः रामेछाप नगर हराभरा, नगर क्षत्रभित्र तत्काल पानीको व्यवस्था मिलाउन स्वाच्छ पिउने पानीः स्वस्थ जिन्दगानी, रामेछाप बजारको ऐतिहासिकता जोगाउन रामेछाप वासीको रहरः ऐतिहासिक नगर, पर्यटन प्रद्र्धनको लागि पर्यटनको रहरः फूलैफूलको शहर, जेष्ठ नगरिकको स्वास्थ्य उपचारको लागि जेष्ठ नागरिक समाजको आधारः घरघरमै स्वास्थ्य परिक्षण र उपचार जस्ता कार्यक्रम समेटिएको छ ।

त्यस्तै महिलाहरुलाई सीप सिकाएर आयआर्जनमा जोड्न महिलासँग उपमेयर, महिलाहरुमा देखि पाठेघरको क्यान्सर स्तन क्यान्सर लगायतका स्वास्थ्य समस्याको पहिचान गरी रोकथामको लागि महिला स्वास्थ्य शिविर, जटिल रोगबाट बच्नको लागि गाउँमै मृगौला र मुटु परिक्षण शिविर, पशु पालनमा आकर्षण गराउन पशु विमा कार्यक्रम, विदेशबाट फर्केका युवाहरुले नगरमै केही व्यवसाय गर्न चाहेमा आफ्नै गाउँमा रोजगारी दिलाउनको लागि प्रोत्साहन अनुदान, दलित समुदायको उत्थानको लागि पेशाको आधुनिकीकरण र प्रविधि हस्तान्तरणको काक्रमलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

संस्कृति संरक्षण गर्न दलित, मगर तथा अन्य समुदायको लागि आवश्यक पर्ने बाजा उपलब्ध गराउने, रामेछाप नगरमा एमबीबीएस चिकित्सक, इन्जिनियर, कृषि र पशु विकास क्षेत्रको विज्ञको अभावलाई परिपूर्ती गर्न सम्बन्धित विषयको स्नातक अध्ययन गर्न १/१ जनालाई छात्रावृत्ति उपलब्ध गराउने, कृषि तथा पशुपालनमा देखिएका समस्या समधान गर्न कृषि एम्बुलेन्सको व्यवस्था गरिने, पर्यटक आकर्षित गर्न पर्यटकीय स्थलहरुमा होटल तथा तारे होटलहरु खोल्न चाहनेलाई खानेपानीको दीगो समधान र पूर्वाधार निर्माणमा सहयोग गर्ने, मुख्य बजारहरुमा रात्रिकालिन समयमा नागरिकको सुरक्षा र व्यावसायको सुरक्षालाई ध्यानमा राखेर उज्यालो नगर सुरक्षित शहर जस्ता नीतिहरु समेटिएका छन् ।

उपप्रमुख थापाले आगामी आर्थिक वर्षका लागि ७४ करोड ६५ लाख ८४ हजार बराबरको प्रस्तावित बजेट समेत प्रस्तुत गरेकी छिन् ।

नगर प्रमुख लवश्री न्यौपानेले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम नागरिकको आवश्यकतालाई पहिचान गरेर ल्याइएको बताउँदै नीति तथा कार्यक्रम सफल बनाउन सबै नगरवासी एक भएर लाग्नु पर्ने धारणा राखे ।

नगरको ११ औँ नगरसभामा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, वडा नं १ देखि वडा नं ९ सम्मका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्य, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

यस्तो छ रामेछाप नगरपालिकाको नीति तथा कार्यक्रमः

रामेछाप-नगरपालिकाको-आर्थिक-वर्ष-१०७९-०८०-को-नीति-तथा-कार्यक्रमDownload

Related Posts

समाचार

मन्थलीको कार्यपालिका बैठक थानापतिमा, नगरको पर्यटन विकास पहिलो प्राथमिकतामा

मन्थलीमा जेष्ठ नागरिक दिवसः डेढ सयको स्वास्थ्य परीक्षण, नगर प्रमुख भन्छन्–‘जेष्ठ नागरिक हाम्रा सम्पत्ति हुन’
समाचार

मन्थलीमा जेष्ठ नागरिक दिवसः डेढ सयको स्वास्थ्य परीक्षण, नगर प्रमुख भन्छन्–‘जेष्ठ नागरिक हाम्रा सम्पत्ति हुन’

रामेछाप- ६ मा घरमै भत्ता, भत्ता बुझ्नेहरु भन्छन– ‘खर्च गरेर बैंक धाउनु पर्ने बाध्यता हट्यो’
समाचार

रामेछाप- ६ मा घरमै भत्ता, भत्ता बुझ्नेहरु भन्छन– ‘खर्च गरेर बैंक धाउनु पर्ने बाध्यता हट्यो’

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper