Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप नगरपालिका बालमैत्री नगर घोषणा

संवादाताः रामचन्द्र वि.क.
भदौ २२, २०८२

रामेछाप- रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । बालमैत्री शासनयुक्त नगर हुन पुरा गर्नु पर्ने ५१ ओटा सूचकहरू अधिकतम पुरा भएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले बागमती प्रदेशमा १२ औँ र रामेछाप जिल्लामा दोस्रो बालमैत्री स्थानीय शासन युक्त नगरपालिका भएको घोषणा गरेका हुन् ।

शनिवार रामेछापमा आयोजित बालमैत्री शासनयुक्त नगरपालिका घोषणा कार्यक्रममा रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका हुनको लागि आवश्यक पर्ने ५१ ओटा सूचकहरु ९९ देखि शतप्रतिशत सम्म पुरा भएको र यस अघि नगरका ९ ओटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको प्रतिवेदन प्रस्तुत गरेपछि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री बानियाले रामेछाप नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरको घोषणा गरेका थिए ।

कार्यक्रममा आफ्नो भनाई राख्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बालविवाहमुक्त, बालश्रममुक्त, बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणाले बागमती प्रदेश सरकारलाई एउटा इँटा थप्ने काम भएको बताएका छन् । उनले देशै भरिमा २८ ओटा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदा बागमती प्रदेशमा मात्रै १२ ओटा पालिकाहरू हुनु राम्रो पक्ष भएको बताउँदै बालबालिकाको क्षेत्रमा बागमती प्रदेशले धेरै राम्रो काम गरेको र अब बाँकी रहेका पालिकाहरूले पनि बालमैत्री स्थानीय शासनयुक्त पालिका बनाउन अभियान थाल्नु पर्नेमा जोड दिए । मुख्यमन्त्री बानियाले स्थानीय तहहरूलाई बालमैत्री बनाउनको लागि सूचकहरूको अवस्थालाई पूरा गर्न बागमती प्रदेश सरकार सहयोग गर्न तयार रहेको भनाई व्यक्त गरे ।

उनले बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहको घोषणाले संविधानमा उल्लेखित बालबालिकाका अधिकारलाई थप व्यवस्थित बनाउने काममा सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै बालमैत्री स्थानीय शासनयुक्त नगर बन्न पुरा गरेका सूचकहरूलाई आगामी दिनमा पनि उतिकै कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिए ।

आफू बागमती प्रदेश सरकारको मुख्यमन्त्री हुँदै गर्दा संसदमा बोलेको कुरा स्मरण गर्दै मुख्यमन्त्री बानियाँले भने, “गरिबीमुखी, न्यायमुखी, आयमुखी, सेवामुखी, विकासमुखी र जनमुखी काम गर्छौ भनेर संसदमा उभिएर बोलिएको छ र सँगसँगै हामीले भनेका छौँ, भ्रष्ट्राचार मुक्त, सुशासनयुक्त बागमती प्रदेश निर्माण अहिलेको सरकारको महा अभियान हो । त्यो अभियानमा अन्य निकायहरूले साथ दिन जरुरी छ ।”

रामेछाप जिल्लाको विकासको प्रसङ्गमा मुख्यमन्त्री बानियाँले रामेछापका आम नागरिकको तर्फबाट राखिएका विकास निर्माणका मागहरूलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै निवर्तमान ऊर्जा, जलश्रोत तथा सिंचाइ राज्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य पुर्णबहादुर तामाङ ‘कान्छाराम’ ले रामेछाप नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने काम ऐतिहासिक काम भएको बताउँदै यस्तो कार्यले बालबालिकाको विकासमा थप सहयोग पुग्ने भनाई राखे । उनले रामेछापको सामाजिक विकास र पुर्वधार विकासको लागि आफू लागि परेको दाबी गरे । काँग्रेस सभापति समेत रहेका तामाङले जिल्लाको समग्र विकासको लागि कुनै पनि पार्टीले आफ्नो पार्टी हेर्न नहुने तर्क राख्दै आफूले आवश्यकताको आधारमा योजनाहरू माग गर्ने गरेको बताए ।

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादेले संविधानले तीन तहका सरकार मध्ये बालबालिकाको अधिकार संरक्षणको लागि स्थानीय सरकारलाई दिएको अधिकार पुरा गराउने अभियानमा रामेछाप नगरपालिकाले खेलेको भूमिकाले बालबालिकाको पक्षमा सरकार छ भन्ने आभास दिलाएको भनाइ राखे । उनले देशका सात ओटै प्रदेश मध्ये बागमती प्रदेश सरकारलाई पहिलो बालमैत्री प्रदेश घोषणा गर्ने लक्ष्य रहेकाले सबै स्थानीय तहले बालमैत्री स्थानीय शासनयुक्त पालिकाको लागि पुरा गर्नु पर्ने सूचकहरूमा काम गर्न अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ, रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, रामेछाप नगरपालिकाका निवर्तमान नगर प्रमुख नरबहादुर थापामगर, नेपाली काँग्रेस रामेछाप नगर सभापति कमल विक्रम कार्की, नेकपा एमाले रामेछाप नगर कमिटी अध्यक्ष रोशन पाख्रिन, नेकपा माओवादी रामेछाप नगर कमिटी अध्यक्ष मोतिलाल तामाङ, रास्वपा नगर सभापति दुर्गबहादुर बस्नेत, नेकपा एसका नेता ढालबहादुर कार्की, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरे लगायतले रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएकोमा बधाई दिँदै दिगोपनामा ध्यान दिन आग्रह गरेका थिए ।

कार्यक्रममा रामेछाप नगरपालिकाको नगर उपप्रमुख बालकुमारी कार्की थापाले स्वागत मन्तव्य र नगर प्रवक्ता समिर कार्कीले धन्यवाद मन्तव्य राख्दै नगरपालिकालाई बालमैत्री शासनयुक्त नगर घोषणामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । 

रामेछापका ९ ओटै वडाबाट विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थी, स्थानीय नागरिक सहितको उपस्थितिमा विभिन्न झाँकी सहितको ¥याली बजार परिक्रमा गरी कार्यक्रम स्थलमा पुगेको थियो । 

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने रामेछापको स्थानीय लाखे नाच समेत प्रस्तुत गरिएको थियो ।

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper