Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछाप जिल्ला समन्वयः काँग्रेस–माओवादी गठबन्धनबाट चिना खड्का, एमालेबाट तुला कँडेल

संवादाताः हाम्रो प्रहार
जेष्ठ २६, २०७९

रामेछाप– जिल्ला समन्वय समिति रामेछापको प्रमुख, उपप्रमुख र सदस्यको लागि दलहरुहले उम्मेद्वारी दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट नेपाली काँग्रसले प्रमुख र नेकपा माओवादी केन्द्रले उपप्रमुखमा उम्मेद्वारी दर्ता गराएका छन् । प्रमुखमा नेपाली काँग्रेसकी चिना खड्का कार्की र उपप्रमुखमा माओवादी केन्द्रका प्रेप बहादुर (प्रेमसागर) थापाले उम्मेद्वारी दर्ता गराएका हुन् । त्यस्तै नेकपा एमालेबाट प्रमुखमा तुला प्रसाद कंडेल र उपप्रमुखमा सुनिता सुनुवारले उम्मेद्वारी दर्ता गराएका छन् ।

गठबन्धन तर्फको नेपाली काँग्रेसबाट सदस्यहरुमा विर बहादुर कार्की, बाबुलाल योञ्जन र अनिषा माझी रहेका छन् भने माओवादीबाट हिरा कुमारी गिरी, विक्रम थापामगर, विन्दा सार्की र डम्बर कुमारी रसाइली रहेका छन् ।

त्यस्तै नेकपा एमालेको तर्फबाट सदस्यहरुमा भोजराज कडरिया, कृष्ण बहादुर कार्की, बालकाजी श्रेष्ठ, लाछिरी शेर्पा, सिर कुमारी श्रेष्ठ, सुमित्र सुनुवार र उर्मिला मग्राती रहेका छन् ।

जिल्ला समन्वयको लागि रामेछापमा नेपाली काँग्रेससँग ७ मत, नेकपा एमालेसँग ६ मत र माओवादी केन्द्रसँग ३ मत रहेको छ । जिल्ला समन्वयको प्रमुख, उपप्रमुख र सदस्य जित्नको लागि कम्तिमा ९ मत ल्याउनु पर्ने हुन्छ । काँग्रेस र माओवादी मिल्दा १० मत हुन्छ । काँग्रेस माओवादीको गठबन्धन हुँदा दश मत आउने भएपछि गठबन्धनको जित निश्चित भएको गठबन्धन पक्षका दलहरुले दावी गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापको कार्यतालिका अनुसार जेठ २६ गते मनोनयन दर्ता गराउने र जेठ २९ गते मतदान हुने छ ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper