Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

तीन दिने बाख्रा पालन तालिमः ‘व्यवसायिक बाख्रा पालनमा सहयोग पुग्ने रहेछ’– किसान

संवादाताः हाम्रो प्रहार
बैशाख ८, २०७९

रामेछाप– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले संचालन गरेको तीन दिने बाख्रा पालन तालिमले आफूहरुलाई व्यवसायिक बाख्रा पालनमा सहयोग पुगेको बाख्रा पालक किसानहरुले बताएका छन् । आधुनिक र व्यवस्थित बाख्रापालन व्यवसाय विस्तारलाई सहयोग पुर्‍याउने गरी सुरु गरिएको तालिम समापन कार्यक्रममा सहभागीहरुले तालिमको अनुभब सुनाउँदै तीन दिनको बसाइमा आफूहरुले बाख्रा पालन गर्दा एउटा किसानले गर्नु पर्ने धेरै कुराहरु सिकेको बताएका हुन् ।

आफूले सिकेको कुरा सुनाउँदै बाख्रा पालक किसान कुमार सोडारीले भने– ‘यो तालिम हामी जस्ता किसानको लागि धेरै उपयोगी रहेछ । तीन दिनको बसाइमा पाठापाठी हुर्काउने देखि डाले घाँस व्यवस्थापन सम्मका कुरा सिकेका छौँ । यहसले हामी बाख्रा पालक किसानलाई व्यवसायिक बाख्रा पालनमा ठूलो सहयोग पुर्‍याउँछ । यस्ता तालिम परियोजनाले अझ लामो समय थप गरेर फेरि गर्न सके हामीलाई थप सहयोग पुग्छ ।’

तालिमले आफूलाई थप व्यवसायिक बनाउने विश्वास राख्दै अर्का किसान दामोदर पाण्डेले भने– ‘मैले बाख्रा पालन सुरु गरेको दुई वर्ष भयो, अहिले सम्म यस्तो तालिम लिएको थिइँन । आफैले सुरु गरेको बाख्रा पालनलाई थप सहयोग पुग्ने तालिम लिन पाउँदा धेरै खुसी छु । यो बसाइमा धेरै कुरा सिक्ने मौका मिल्यो । तालिममा व्यवसायिक बन्न प्रेरणा मिल्ने धेरै कुरा सिकेका छौँ । यहाँ सिकेका कुरालाई हामीले व्यहारमा लागु गर्‍यौँ भने हामी सफल बन्न सक्छौँ ।’

बाख्रा जोन संचालन समन्वय समितिका अध्यक्ष एवं तालिम समापन कार्यक्रमका अध्यक्ष भिम कुमार श्रेष्ठले तीन दिन सम्ममा सिकेका कुरालाई किसानले व्यवहारमा उतारेर काम गर्न सके व्यवसाय बृद्धीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बाख्रा पालनबाट राम्रो आम्दानी लिन सकिने भएकाले अब सबै बेरोजगार बसेका युवाहरु बाख्रा पालनमा लाग्न जरुरी रहेको बताए ।

परियोजना कार्यन्वयन इकाइ रामेछापका प्रमुख थिरलाल गैह्रेले किसानहको माग अनुसार तालिम आयोजना गरिएको बताउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न किसानलाई आग्रह गरे । प्रमुख गैह्रेले परियोजनाबाट संचालित बाख्रा जोन कार्यक्रम मार्फत बाख्रा पालनमा लागेका किसानलाई प्राविधिक सहयोग देखि विभिन्न सहयोग गर्दै आएको बताउँदै अन्य सहयोग आवश्यक परे परियोजनाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

तीन दिन सम्म संचालन भएको तालिममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका पशु विकाश अधिकृत जगदेव राउत, मन्थली नगरपालिकाका पशु प्राविधिकहरु मुकुन्द कुमार खड्का, रोहीणीराज चापागाइँ र मिना कुमारी तामाङले बाख्रा पालक किसानहरुलाई व्यवसायिक बाख्रा पालनको बारेमा जानकारी गराएका थिए ।

सोमबार देखि सुरु भएर बुधार समापन भएको तालिममा बाख्रा जोन संचालन भएको खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका र मन्थली नगरपालिकाका गरी २२ जना अगुवा किसानहरुको सहभागिता रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापका सूचना अधिकारी बेदराज काफ्लेले जानकारी दिए ।

Related Posts

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस
विचार

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस

संवादाताः हाम्रो प्रहार
साउन २४, २०८३
0

दुर्गा भुजेल“प्राप्त अधिकारको रक्षा आजको आबस्यकता ,पहिचान सहितको समाबेशी र न्यायपुर्ण नेपालमा हाम्रो साझा प्रतिबद्धता” आज ३२औँ विश्व आदिवासी दिवस...

पुरा पढ्नुहोस्
रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper