रामेछाप- रामेछापमा पाँच दलिय गठबन्धनको पहिलो बैठकले केन्द्रले जारी गरेको अपिललाई आत्मासात गर्दै रामेछापमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार बसेको पाँच दलको पहिलो बैठकले जिल्लाका सबै स्थानीय तहमा तालमेल गरेर जाने निर्णय भएको पाँच दलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपाली काँग्रेसका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम), नेकपा माओवादी केन्द्रका संयोजक मैन कुमार मोक्तान, नेकपा एकीकृत समाजबादीका अध्यक्ष रमेश कुमार बस्नेत र जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य रोज बहादुर मोक्तान सहितको संयुक्त हस्तक्षरित विज्ञप्ती केन्द्रमा भएको गठबन्धनलाई जिल्लामा निरन्तरता दिने उल्लेख छ ।
गठबन्धनलई निरन्तरता दिँदै निर्वाचनमा तालमेल गर्ने रणनिती बमोजिम गठबन्धनमा भएका दलले एक अर्कालाई प्रतिकुल असर पर्ने अभिव्यक्ति नदिने र त्यस्ता कुनै पनि गतिविधि नगर्ने र नगराउने निर्णय समेत भएको विज्ञप्तीमा उल्लेख छ ।
गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहभागि हुने बताइएको छ ।
केन्द्रिय गठबन्धन अनुसार जिल्लामा तालमेल गर्ने निर्णय भएसँगै ८ स्थानीय तहमा कसरी जाने भन्ने विषयमा अब नियमित बैठक र छलफल हुने नेपाली काँग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) ले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्