Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

टाइफाइड विरुद्धको खोप अभियानः रामेछापमा ४४ हजारलाई खोप, चैत्र ३० गतेबाट सुरु

संवादाताः हाम्रो प्रहार
चैत्र २५, २०७८

रामेछाप- १५ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी संचालन गर्न लागिएको टाइफाइड विरुद्धको खोप अभियान रामेछापमा चैत्र ३० गतेबाट सुरु हुने भएको छ । जिल्ला स्तरीय खोप समन्वय समितिको बिहिवार बसेको बैठकले सरकारले पहिलो पटक अभियानका रुपमा निःशुल्क रुपमा संचालन गर्न लागेको खोप अभियान रामेछापमा चैत्र ३० गतेबाट संचालन गरिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला स्तरीय खोप समन्वय समितिका संयोजक दीपक कुमार पहाडीको अध्यक्षतामा बसेको बैठकले खोप अभियानलाई प्रभावकारी बनाउने गरी चैत्र ३० गते देखि बैशाख ९ गते सम्म दुई चरणमा खोप अभियान संचलान हुने निर्णय गरेको छ ।

बैठकमा खोप अभियानको बारेमा जानकारी गराउँदै स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र शाहले दुई चरणमा खोप अभियान संचालन हुने जानकारी गराए । शाहका अनुसार पहिलो चरणमा चैत्र ३० गते देखि बैशाख ४ गते सम्म उमाकुण्ड, दोरम्बा शैलुङ्ग, गोकुलगंगा र सुनापति गाउँपालिकामा अभियान संचालन हुने छ भने दोस्रो चरणमा बैशाख ६ गते देखि ९ गते सम्म मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकामा संचालन हुने छ ।

रामेछापमा करिव ४४ हजार ४ सय १७ जना लक्षित समूहका (१५ महिना देखि १५ वर्ष उमेर समूह) बालबालिकालाई २ सय ९० खोप केन्द्रबाट खोप लगाइने स्वास्थ्य प्रमुख शाहले बताए । १ सय २५ जना भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयहरुलाई खोप केन्द्र बनाउने र त्यो भन्दा कम विद्यार्थी संख्या भएका विद्यालयहरुलाई मर्ज गरेर केन्द्र तोकिने पनि शाहले बताए ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला स्तरीय खोप समन्वय समितिका संयोजक दीपक कुमार पहाडीले खोप अभियानलाई सफल पार्न सबै लाग्नु पर्ने बताए । प्रजिअ पहाडीले निर्वाचनको मिति नजिकिदै गएको स्मरण गराउँदै त्यस्तो अवस्थामा अभियानमा असर पर्न सक्ने र बालबालिका खोप अभियानबाट छुट्न सक्ने भएकाले स्वास्थ्य कार्यालयले बढी संवेदनशिलता अपनाएर काम गर्नु पर्ने धारणा राखे ।

बिहीवार प्रधानमन्त्री शेर बहादुर देउवाले खोप अभियानको शुभारम्भ गरेका थिए । नेपालमा झण्डै ७५ लाख बालबालिकालई पहिलो पटक टाइफाइड विरुद्धको निःशुल्क खोप लगाउने अभियानमा सरकार रहेको छ ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper