Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

बेतालीको जनजागृत माविमा बन्यो ‘हाइटेक नर्सरी’, विद्यार्थीलाई आयआर्जनमा सहयोग पुग्ने

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७८ चैत्र १४

रामेछाप- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछाप र जनजागृत मावि बेतालीको संयुक्त लगानीमा व्यवसायिक उत्पादन कार्यक्रम अन्तरगत गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीमा ‘हाइटेक नर्सरी’ निर्माण भएको छ । परियोजनाको पचास प्रतिशत अनुदान र जनजागृत मावि बेतालीको पचास प्रतिशत लागतमा ‘हाइटेक नर्सरी’ निर्माण भएको हो ।

परियोजना र विद्यालयको संयुक्त लगानीमा निर्माण भएको ‘हाइटेक नर्सरी’ गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले उद्घाटन छन् । कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवारले पालिकाले कृषिमा आधुनिकीकरण भित्र्याउदै कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि गोकुलगंगा गाउँपालिकामा आधुनिक तरिकाले कृषि काम गरेकोमा परियोजनालाई धन्यबाद दिएका छन् । अध्यक्ष सुनुवारले विगत पाँच वर्ष देखि गाउँपालिका कृषिमा आत्मनिर्भर बन्ने अभियानका साथ अगाडि बढेको बताउँदै अबको केही वर्षमा गोकुलगंगा गाउँपालिका कृषिमा आत्मनिर्भर बन्ने दावी गरे । उनले कृषि प्रधान देशका नागरिकले आधुनिक तरिकाले कृषिमा कर्म गर्न नसके आम नागरिकको आर्थिक अवस्थामा सुधार नहुने बताउँदै गाउँ–गाउँमा वेरोजगार अवस्थामा बसेका युवाहरुले कृषि पेशाबाटै समृद्धी खोज्नु पर्ने धारणा राखे ।

हाम्रो प्रहार डटकम

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को अनुमतीमा जनजागृत मावि बेतालीले संचालनमा ल्याएको प्रि डिप्लोमा बाली विज्ञान समूहका विद्यार्थीलाई पढाई सहज तथा अभ्यासमा सहयोग पुर्‍याउने उद्देश्यले ‘हाइटेक नर्सरी’ निर्माण गरिएको विद्यालयले बताएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि संचालनमा ल्याइएको प्रि डिप्लोमा बाली विज्ञान समूहका विद्यार्थीलाई अभ्यास गराउन विभिन्न समस्या भएपछि विद्यालय मातहातमै अभ्यास गराउन सके विद्यार्थीलाई थप सहयोग पुग्ने अपेक्षा सहित ‘हाइटेक नर्सरी’ को योजना अगाडि सारिएको जनजागृत माविका प्रधानाध्यापक गोविन्द बहादुर खत्रीले बताए ।

‘हाइटेक नर्सरी’ निर्माण पश्चात १८ महिने कोर्ष पूरा गर्न लाग्ने झण्डै २० हजार रुपैयाँ खर्च समेत बाली विज्ञान समूहमा अध्ययनरत विद्यार्थीहरुले बेमौसमी तरकारी खेती गरेर त्यही तरकारी बिक्री गरेर कोर्ष पूरा गर्न लाग्ने खर्च विद्यार्थी आफैले कमाउन सक्ने उद्देश्य विद्यालयले लिएको खत्रीले बताए ।

प्रधानाध्यापक खत्रीले ‘हाइटेक नर्सरी’ निर्माण गर्न सफल भएपनि पानी जम्मा गर्ने ट्याङकी र जोत्ने हाते ट्याक्टर नहुँदा विद्यार्थीहरुलाई समस्या हुने भएकाले आवश्यक सामाग्री उपब्ध गराइदिन  विभिन्न निकायहरुसँग आग्रह गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोज बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा परियोजना कार्यन्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैह्रेलाई विद्यालयले सम्मान समेत गरेको थियो । सम्मान पश्चात कार्यक्रममा बोल्दै परियोजना कार्यन्वयन इकाई रामेछापका प्रमुख गैह्रेले विद्यालयले धेरै राम्रो काम गरेको बताउँदै ‘हाइटेक नर्सरी’ को सही सदुपयोग हुने भनाई राखे ।

कार्यक्रममा बोल्दै जनजागृत क्याम्पस प्रमुख बाबुराम घिमिरेले शैक्षिक संस्थाहरु सार्वजनिक सम्पत्ति भएकाले शैक्षिक संस्थाहरु र विद्यालय क्षेत्रभित्र निर्माण भएका संरचनाहरुलाई संचालन तथा संरक्षण गर्ने काम अभिभावकको भएकाले शैक्षिक संस्थाहरुलाई गुणस्तरीय बनाउन र संरक्षण गर्न सबै अभिभावक एक भएर लाग्नु पर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोज बहादुर कार्कीले विद्यालय भित्र निर्माण भएको ‘हाइटेक नर्सरी’ लाई बाली विज्ञान समूहका विद्यार्थीले राम्रोसँग प्रयोग गरेर योग्य कृषि प्राविधिक बन्न सक्ने बताए ।

उद्घाटन कार्यक्रममा विद्यालयकै जग्गामा २ सय ४० वर्ग मिटर क्षेत्रफलमा निर्माण भएको ‘हाइटेक नर्सरी’ को जम्मा लागत समेत सार्वजनिक गरिएको थियो । ‘हाइटेक नर्सरी’ निर्माणको लागि परियोजनाले दिइएको पाँच लाख र विद्यालयको पाँच लाख गरी दश लाख रकम विभिन्न शिर्षकमा खर्च भएको बताइएको छ ।

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper