
रामेछाप- नेपाली काँग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) ले चुनाव जितेको पाँच वर्ष पूरा भएर अर्को चुनाव घोषणा भएपछि मात्रै कम्युनिस्टहरु पाइपका टुक्रा बोकेर भोट माग्न गाउँ छिर्न थालेको आरोप लगाएका छन् । उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रतिमिा ‘घर–घर जाउँ, काँग्रेस जिताऔँ’ अभियानको पालिका स्तरीय कार्यक्रममा बोल्दै सभापति तामाङले कम्युनिस्ट पार्टीबाट चुनाव जितेर पाँच वर्ष सम्म केही नगरेका कम्युनिस्ट पार्टीहरु अर्को चुनाव घोषणा भएपछि मात्रै जनतालाई भोट फकाउन पाइपका टुक्राहरु बोकेर हिड्ने तयारीमा रहेको आरोप लगाएका हुन् ।




सभापति तामाङले आफ्नो भनाई राख्दै भने– ‘म विभिन्न कार्यक्रममा दुई महिना, चार महिना, छ महिनामा यो पालिकामा आइरहेको छु । उमाकुण्ड गाउँपालिकामा खाने पानीको समस्या छ । कहिल्यै पानीको पाइप देखिएन तर, आज मात्रै यो आगनमा खानेपानीको पाइप देखियो । यो पाइप सबै जनताको आँखामा छारो हालेर भोट माग्नको लागि ल्याइएको हो । कम्युनिस्टहरु चुनावको मुखमा पालिकाबाट पैसा बोकेर बाढ्न हिडेका छन् । यो सबै जनताको आँखामा छारो हाल्न मात्रै हो । यो प्रकारको क्रियाकलाप चुनाव केन्द्रित आश्वासन मात्रै हो भनेर हामी काँग्रेसले जनतालाई भन्नु पर्छ ।’
स्थानीय तहको चुनाव आउन डेढ महिना मात्रै बाँकी रहेको स्मरण गर्दै सभापति तामाङले कम्युनिस्ट पार्टीले चुनाव जितेको पाँच वर्षको समयमा केही विकास नगरेको आरोप लगाउँदै अब यो डेढ महिनाको समयमा पनि कम्युनिस्ट पार्टीबाट जनतालाई भोट माग्नलाई फकाउने बाहेक केही नहुने भएकाले अबको चुनावमा काँग्रेसलाई जिताउन आग्रह गरे ।
चुनावको बेला जनताको घर जाने क्रममा कुनै कम्युनिस्ट पार्टीले धम्क्याउने, बाटो छेक्ने, सत्ताको दम्भ देखाउने जस्ता गतिविधि गरे त्यसको प्रतिबादमा लाग्न कार्यकर्तालाई निर्देशन दिँदै सभापति तामाङले यदि त्यस्ता घटना हुने संकेत देखिए आफूलाई समेत जानकारी गराउन काँग्रेस कार्यकतालाई आग्रह गरेका छन् ।
अबको स्थानीय तहो निर्वाचनमा काँग्रेसलाई जिताउनको लागि सबै काँग्रेस एक भएर लाग्नु पर्ने धारणा राख्दै पार्टी भित्र भएका आन्तरिक समस्यालाई चुनावमा इगो बनाउन नहुने बताए ।
नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका सभापति हिक्मत सुनुवारको अध्यक्षता, जिल्ला सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यता, पार्टी प्रवक्ता नारायण बहादुर बोगटी, महाधिवेशन प्रतिनिधिहरु झप्पडराज भण्डारी र रत्नहरी ढुंगेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कार्य समिति सदस्यहरु शिव बहादुर बस्नेत, चिना खड्का कार्की, जित बहादुर कटुवाल, पुर्व जिल्ला कार्यसमिति सचिव विष्णु बस्नेत, पुर्व जिल्ला कार्य समिति सदस्य नारायण खड्का, उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की, पुर्व महाधिवेशन प्रतिनिधिहरु क्रमशः जमुना कार्की, गेल्जे सेर्पा, आङ डेन्डी शेर्पा, नेपाली काँग्रेस प्रदेश सभा (क) सभापति निरोज खड्का, नेपाली काँग्रेस प्रदेश सभा (क) सह सचि सरोज सुनुवार, बाग्मति प्रदेश अधिवेशन प्रतिनिधि मेनुका सुनुवार, काँग्रेस नेताहरु पेम्बा सेर्पा, तोरण सुनुवार, उमाकुण्ड गाउँपालिका वडा नं १ वडाध्यक्ष नुर्वु शेर्पा, वडा नं ३ का वडाध्यक्ष रमेश कुमार सुनुवार, नेविसंघ प्रदेश सचिव प्रज्वल बुढाथोकी, नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका उपसभापति शरण सुनुवार, सचिव हाकिम बहादुर बस्नेत, नेपाल तरुण दल उमाकुण्ड गाउँपालिका अध्यक्ष सम्सेर कार्की, सात ओटै वडका वडा सभापतिहरु लगायतको सहभागिता रहेको थियो ।
चैत्र ८ गते देखि उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलबाट नेपाली काँग्रेस रामेछापका प्रवक्ता नारायण बहादुर बोगटीको प्रमुख आतिथ्यता एवं वडा सभापतिहरुको सभापतित्वमा चैत्र १४ गते सम्पन्न भएको छ ।




आफ्नो प्रतिकृया दिनुहोस्