Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

‘चुनाव आएपछि मात्रै कम्युनिस्टहरु पाइप बोकेर गाउँ छिर्न थाले’– सभापति कान्छाराम

संवादाताः हाम्रो प्रहार
चैत्र १४, २०७८

रामेछाप- नेपाली काँग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) ले चुनाव जितेको पाँच वर्ष पूरा भएर अर्को चुनाव घोषणा भएपछि मात्रै कम्युनिस्टहरु पाइपका टुक्रा बोकेर भोट माग्न गाउँ छिर्न थालेको आरोप लगाएका छन् । उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रतिमिा ‘घर–घर जाउँ, काँग्रेस जिताऔँ’ अभियानको पालिका स्तरीय कार्यक्रममा बोल्दै सभापति तामाङले कम्युनिस्ट पार्टीबाट चुनाव जितेर पाँच वर्ष सम्म केही नगरेका कम्युनिस्ट पार्टीहरु अर्को चुनाव घोषणा भएपछि मात्रै जनतालाई भोट फकाउन पाइपका टुक्राहरु बोकेर हिड्ने तयारीमा रहेको आरोप लगाएका हुन् ।

सभापति तामाङले आफ्नो भनाई राख्दै भने– ‘म विभिन्न कार्यक्रममा दुई महिना, चार महिना, छ महिनामा यो पालिकामा आइरहेको छु । उमाकुण्ड गाउँपालिकामा खाने पानीको समस्या छ । कहिल्यै पानीको पाइप देखिएन तर, आज मात्रै यो आगनमा खानेपानीको पाइप देखियो । यो पाइप सबै जनताको आँखामा छारो हालेर भोट माग्नको लागि ल्याइएको हो । कम्युनिस्टहरु चुनावको मुखमा पालिकाबाट पैसा बोकेर बाढ्न हिडेका छन् । यो सबै जनताको आँखामा छारो हाल्न मात्रै हो । यो प्रकारको क्रियाकलाप चुनाव केन्द्रित आश्वासन मात्रै हो भनेर हामी काँग्रेसले जनतालाई भन्नु पर्छ ।’

स्थानीय तहको चुनाव आउन डेढ महिना मात्रै बाँकी रहेको स्मरण गर्दै सभापति तामाङले कम्युनिस्ट पार्टीले चुनाव जितेको पाँच वर्षको समयमा केही विकास नगरेको आरोप लगाउँदै अब यो डेढ महिनाको समयमा पनि कम्युनिस्ट पार्टीबाट जनतालाई भोट माग्नलाई फकाउने बाहेक केही नहुने भएकाले अबको चुनावमा काँग्रेसलाई जिताउन आग्रह गरे ।

चुनावको बेला जनताको घर जाने क्रममा कुनै कम्युनिस्ट पार्टीले धम्क्याउने, बाटो छेक्ने, सत्ताको दम्भ देखाउने जस्ता गतिविधि गरे त्यसको प्रतिबादमा लाग्न कार्यकर्तालाई निर्देशन दिँदै सभापति तामाङले यदि त्यस्ता घटना हुने संकेत देखिए आफूलाई समेत जानकारी गराउन काँग्रेस कार्यकतालाई आग्रह गरेका छन् ।

अबको स्थानीय तहो निर्वाचनमा काँग्रेसलाई जिताउनको लागि सबै काँग्रेस एक भएर लाग्नु पर्ने धारणा राख्दै पार्टी भित्र भएका आन्तरिक समस्यालाई चुनावमा इगो बनाउन नहुने बताए ।

नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका सभापति हिक्मत सुनुवारको अध्यक्षता, जिल्ला सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यता, पार्टी प्रवक्ता नारायण बहादुर बोगटी, महाधिवेशन प्रतिनिधिहरु झप्पडराज भण्डारी र रत्नहरी ढुंगेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कार्य समिति सदस्यहरु शिव बहादुर बस्नेत, चिना खड्का कार्की, जित बहादुर कटुवाल, पुर्व जिल्ला कार्यसमिति सचिव विष्णु बस्नेत, पुर्व जिल्ला कार्य समिति सदस्य नारायण खड्का, उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की, पुर्व महाधिवेशन प्रतिनिधिहरु क्रमशः जमुना कार्की, गेल्जे सेर्पा, आङ डेन्डी शेर्पा, नेपाली काँग्रेस प्रदेश सभा (क) सभापति निरोज खड्का, नेपाली काँग्रेस प्रदेश सभा (क) सह सचि सरोज सुनुवार, बाग्मति प्रदेश अधिवेशन प्रतिनिधि मेनुका सुनुवार, काँग्रेस नेताहरु पेम्बा सेर्पा, तोरण सुनुवार, उमाकुण्ड गाउँपालिका वडा नं १ वडाध्यक्ष नुर्वु शेर्पा, वडा नं ३ का वडाध्यक्ष रमेश कुमार सुनुवार, नेविसंघ प्रदेश सचिव प्रज्वल बुढाथोकी, नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका उपसभापति शरण सुनुवार, सचिव हाकिम बहादुर बस्नेत, नेपाल तरुण दल उमाकुण्ड गाउँपालिका अध्यक्ष सम्सेर कार्की, सात ओटै वडका वडा सभापतिहरु लगायतको सहभागिता रहेको थियो ।

चैत्र ८ गते देखि उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलबाट नेपाली काँग्रेस रामेछापका प्रवक्ता नारायण बहादुर बोगटीको प्रमुख आतिथ्यता एवं वडा सभापतिहरुको सभापतित्वमा चैत्र १४ गते सम्पन्न भएको छ ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper