Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

१३ वर्षे बालिकालाई २१ घण्टा सम्म डोरीले बाँधेर यातना, प्रहरीले गर्‍यो उद्धार

संवादाताः हाम्रो प्रहार
चैत्र १, २०७८

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरमा एक बालिकालाई घर भित्र पसेको निहुँमा घरधनीले २१ घण्टा सम्म डोरीले बाँधेर यातना दिइएर राखेको अवस्थाबाट प्रहरीले उद्धार गरेको छ । स्थानीय शेर बहादुर श्रेष्ठले आफ्नो घरमा सानो जातको मान्छे पसेको भन्दै छिमेकी १३ वर्षिया सरिता नेपालीलाई डोरीले बाँधेर राखेको अवस्थाबाट प्रहरीले उद्धार गरेको हो ।

सोमबार अपरान्ह ४ बजे देखि मंगलबार मध्यान्न १२ बजे सम्म श्रेष्ठले सानो जातको मान्छे घरभित्र पसेर दही खाएको र घर अछुतो भएको भन्दै पीडितका परिवाले रुद्री लगाएर घर चोख्याउन खर्च नदिए सम्म नछोड्ने बताएपछि घटना बाहिरिएको थियो ।

बालिकालाई घर भित्र पसेर दही खएको निहुँमा डोरीले बाँधेर राखेको खबर पाउन साथ त्यहाँ पुग्दा हात, कम्मर र खुट्टामा बाधेर बस्न समेत अफ्टेरो हुनेगरी राखिएको अवस्थामा देखेको पीडित बालिकाका ठुलोबुबा सार्के नेपालीले बताए । उनले छोड्न अनुरोध गर्दा पीडित बालिकाको आमाले घर चोख्याउन रुद्री खर्च नदिए सम्म बालिकालाई नछोड्ने भनेपछि स्थानीयलाई खबर गरेर घटनाको बारेमा जानकारी गराइएको सार्के नेपालीले बताए ।

पीडित बालिकाले आफूलाई घरभित्रबाट निकालेर घरको दलिनमा डोरीले बाँधेर सिस्नु लगाउँदै लौरोले कुटेको बताइन् । डोरीले बाँधेर राखेको कारण राती दिसा–पसिाब गर्न समेत अफ्टेरो भएको पीडित बालिकाले बताइन् । आफूलाई महिनावरी भएको कारण डोरीले बाधिएको अवस्थामा रात कटाउन निकै मुस्किल भएको पीडितको भनाई रहेको छ । 

बालिकाले घरभित्र पसेर दही खाएको निहुँमा मंगलबार देखि बाँधेर राखेको खबर सुनेको र घटना स्थालमा पुगेर श्रेष्ठ परिवालाई बालिकालाई छोड्न अनुरोध गरेपनि अछुत भएको घर नचोख्याए सम्म नछोड्ने अडान राखेपछि आफूहरुले पनि केही गर्न नसकेको मन्थली नगरपालिका वडा नं ६ की वडा सदस्य भक्तमाया श्रेष्ठले बताइन् ।

घटनाको बारेमा वडाध्यक्षले खबर गरेपछि बालिकाको उद्धार गरेर ल्याइएको र पीडक शेर बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धन प्रक्रिया सुरु गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार थिङले बताए । घरभित्र पसेकै कारणले जातिय विभेद गर्न नहुने कानून भएपनि कानूनको उलंघन गरिएको देखिए कानून अनुसार पीडकलाई कारबाही हुने प्रनाउ थिङले बताए ।

पीडक श्रेष्ठले भने बालिकाले आफूहरु घरमा नभएको समयमा घर भित्र छिरेर दही चोरेर खाएको आरोपमा बाँधेर राखेको दावी गरेका छन् । परम्परा देखि नै सानो जातको मानिस आफ्नो घरभित्र नछिरेको बताउँदै दलित बालिका घरमा छिरेपछि घर चोख्याउनु पर्ने सार्त राखेको स्थानीय र पत्रकार सामू स्वीकार गरेका छन् ।

४ कक्षामा पढ्ने बालिकाको विद्यालयमा समेत अनुशासित छात्रा भएको बालिका अध्ययनरत विद्यालयका प्रअ प्रल्हाद सुवेदीले बताए ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper