
रामेछाप- रामेछाप नगरपालिकामा सुरक्षित आवास गृह तथा बहुउद्देश्यीय भवन निर्माण भएको छ । रामेछाप नगरभित्र हिसां पीडित, परिवारबाट अपहेलित सदस्य र बेवारिसे अवस्थामा भेटिएका मानिसहरुलाई अल्पकालीन रुपमा सुरक्षित तारिकाले राख्ने उद्देश्यले रामेछाप नगरपालिकाले नगरको केन्द्र समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ मा निर्माण गरेको हो ।




रामेछाप नगरपालिकाको आफ्नै लगानीमा बनेको सुरक्षित आवास गृह रामेछाप नगर उपप्रमुख सृजना खड्काले शुक्रबार उद्घाटन गरेकी छिन् । भवन उद्घान गर्दै उपप्रमुख सृजना खड्काले समाजमा विभिन्न कारणले हिसांमा परेका महिला, परिवारबाट अपहेलित जेष्ठ नागरिक, विभिन्न समस्यामा परेर परिवाको संरक्षण नपाएका बालिबालिका र बेवारिसे अवस्थामा भेटिएका मानिसलाई केही समयको लागि संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले सेफ हाउस निर्माण गरिएको बताइन् । विगतमा नगरभित्र विभिन्न प्रकारका घट्ना हुँदा आफ्नै जिल्लामा सेफ हाउ नहुँदा केही महिलाहरुलाई अन्य जिल्लामा पठाउनु पर्ने बाध्यता रहेको बताउँदै उपप्रमुख खड्काले अब सुरक्षित आवास गृह निर्माण भएकाले त्यस्ता समस्यामा परेका मानिसहरुलाई आफ्नै नगरमा राख्न सकिने विश्वास व्यक्त गरिन् ।

सुरक्षित आवास गृहलाई दीर्घकालिन रुपमा संचालन गर्नको लागि नगरले एक कार्यविधि बनाएर उक्त कार्यविधि अनुसार संचालन गरिने धारणा राख्दै खड्काले सुरक्षित आवास गृहलाई नियमित रुपमा संचालन गर्न स्थानीय तह, राजनीतिक दल, समाजिक अगुवा, पत्रकार, कर्मचारी लगायतको सहयोग आवश्यक भनाई राखिन् ।
नगरपालिकाले भौतिक पूर्वाधार देखि विभिन्न सामाजिक कार्य गर्नको लागि बहुवर्षे योजनामा रहेर काम गर्ने गरी संंघीय सरकार र प्रदेश सरकारमा बजेट माग गरेको भएपनि केही बाहेक माग भएबमोजिमको बजेट नआएकाले डिपीआर तयार पारेर राखेका योजना समेत सुरु गर्न नसकिएको खड्काले बताइन् ।
आफूहरु निर्वाचित भएर आएको पाँच वर्षे कार्यकालमा धेरै नागरिक मैत्री काम भएको बताउँदै उपप्रमुख खड्काले नगरमा हरेक विकासको पूर्वाधार तयार भएको र अब त्यही पूर्वाधारमा टेकेर अगाडि बढ्न सके समृद्ध नगर बन्ने दावी गरिन् ।
कार्यक्रममा नेपाली काँग्रेस रामेछाप नगरपालिकाका नगर सभाति कमल विक्रम कार्की, नेकपा एमाले रामेछाप नगर कमिटी सचिव सुन्दर घिमिरे, नेकपा माओवादी केन्द्र रामेछाप नगर कमिटि सचिव रामविष्णु बस्नेत, रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका वडाध्यक्ष समिर कार्की लगायतले शुभकामना मन्तव्य राख्दै रामेछाप नगरपालिकाको लगानीमा निर्मित सुरक्षित आवास गृहलाई दीर्घकालिन संचालनमा सबैले साथ दिनु पर्ने धारणा राखेका छन् ।
नशुदा कन्ट्रक्सन रामेछापले ८१ लाख ७२ हजार ७ सय ८६ रुपैयाँ लागतमा निर्माण गरेको रामेछाप नगरपालिकाका योजना, अनुगमन तथा प्रशासन शाखाका प्रमुख होम बहादुर थापाले जानकारी गराए । थापाका अनुसार दुई तले सुरक्षित आवास गृह अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी रहेको छ ।


















