Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

फुलासी काँग्रेसले दियो ४ सय नागरिकलाई जाडोमा ओढ्ने फाइबर सिरक

संवादाताः हाम्रो प्रहार
पुस २८, २०७८

रामेछाप- नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं १३ फुलासीले वडाका ४ सय स्थानीयलाई जाडोका समयमा फइबर सिरक वितरण गरेको छ । मन्थली नगरपालिका वडा नं १३ मा राज्यबाट सामाजिक सुरक्षा भत्त लिइरहेका जेष्ठ नागरिक, एकल महिला, दलित बालबालिका, अति अशक्त लगायतका ४ सय नागरिकलाई काँग्रेसले जाडोमा ओढ्ने न्यानो फाइबर सिरक वितरण गरेको हो ।

मंगलबार आयोजित नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं १३ फुलासीको कार्यालय उद्घाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेर राज्यबाट सामाजिक सुरक्षा भत्ता लिइरहेका ३ सय ४६ जना र वडाका अति अशक्त ५४ जना सहित ४ सय जनालाई फाइबर सिरक वितरण गरिएको हो । नेपाली काँग्रेसका नेता तथा फुलासीका स्थानीय समेत रहेका हरिराम गिरीको सहयोगमा फुलासी काँग्रेसले सिरक वितरण गरेको हो ।

आफ्नै घर नजिकै सित्तैमा सिरक पाएपछि फुलासीका स्थानीय वीरबहादुर चौहानले खुसी हुँदै भने– ‘यो देशमा हामी जस्ता बुढापाकालाई सहयोग गर्ने काँग्रेस भन्दा अरु को रहेछ र ?, चार÷पाँच वर्ष भइसक्यो गाउँमै सरकार आएको वृद्धभत्ता भन्दा केही दिएको छैन् । काँग्रेसले त यो जाडोमा आढ्ने सिरक त दियो । यतिका मान्छे जम्मा गरेर हामीलाई सम्मान गर्दै एउटा उपहार दिने पार्टीको कसरी वर्णन गर्न सकिन्छ र ?’

न्यानो कपडा वितरण गर्दै नेपाली काँग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) ले नेपाली काँग्रेस फुलासी र हरिराम गिरीलाई बालबालिका देखि जेष्ठ नागरिक सम्मलाई जाडोमा न्यानो सिरक उपहार दिएर पुनीत कार्य गरेकोमा धन्यबाद दिँदै उपहार लिने सबैलाई बधाई दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभापति तामाङले कम्युनिस्ट पार्टीबाट चुनाव जितेका जनप्रतिनिधिले फुलासी गाउँका जेष्ठ नगरिक, बालबालिका र अशक्तको भावना नबुझेको र त्यस्ता व्यक्तिहरको भावना बुझ्ने पार्टी काँग्रेस मात्रै भएकाले अबको चुनावमा त्यस्ता व्यक्तिको सम्मानको लागि पनि काँग्रेसले जित्नु पर्ने धारणा राखे ।

केही समय अघि देखि काँग्रेसको सरकार रहेको र गाउँका समस्या समधान देखि विकासमा थप सहयोग पु¥याउने सम्मका काम गर्नको लागि आफूले संघीय सरकारसँग पहल गर्ने बताए । सभापति तामाङले देवीटारबाट फुलासी हुँदै दोरम्बा सम्म पुगेको कच्ची सडकलाई पक्की बनाउनको लागि यो आर्थिक वर्षमा डीपिआर बनाएर अर्को आर्थिक वर्षको वजेट निर्माणको क्रममा संघीय सरकारसँग माग गर्ने आश्वासन दिए ।

कार्यक्रमकै अवसर पारेर फुलासी काँग्रेसको सहयोगमा गाउँमा नेपाल टेलिकमको निःशुल्क सिम वितरण समेत गरेको कार्यक्रमका अध्यक्ष एवं नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं १३ फुलासीका वडा सभापति ओमकार अधिकारी बताए ।

कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेशका सदस्य अर्जुन कुमार केसी, नेपाली काँग्रेसका पुर्व पार्टी सभापति रामचन्द्र खड्का, निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने, महाधिवेशन प्रतिनिधिहरु मीन कार्की र विनिता खड्का, जिल्ला कार्यसमिति सदस्यहरु ध्रुव लामा र सिताराम कार्की, काँग्रेस नेता एवं पुर्व महाधिवेशन प्रतिनिधि कृष्ण बहादुर महत, नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (ख) का सभापति राजेश श्रेष्ठ, नेपाली काँग्रेस नेता एवं पुव पार्टी कोषाध्यक्ष कुमार श्रेष्ठ, नेपाल तरुणदल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश), नेविसंघ रामेछापका उपाध्यक्ष प्रभाकर ढुंगेल, नेपाली काँग्रेर क्षेत्र नं २ रामेछापका पुर्व क्षेत्रिय सदस्य सुमन चौहन (माइकाल) लगायतले अ–आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा विभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुति समेत देखाएका थिए भने सांस्कृतिक कार्यक्रममा भाग लिने कलकारलाई फुलासी काँग्रेसले मायाको चिनो प्रदान गरेको छ । त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति, गाउँ–गाउँमै निःशुल्क सिमकार्ड वितरण गर्ने नेपाल टेलिकम, नेपाल मगर संघ फुलासी र फुलासी स्वास्थ्य चौकीलाई सम्मान पत्र दिँदै सम्मान गरिएको नेपाली काँग्रेस फुलासीले बताएको छ ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper