Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

माओवादीका सचिव नै काँग्रेसमा प्रवेश

संवादाताः हाम्रो प्रहार
पुस २७, २०७८

रामेछाप- नेकपा माओवादी केन्द्रका वडा सचिव नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मन्थली नगरपालिका वडा नं १३ फुलासीका नेकपा माओवादी केन्द्रका वडा सचिव डम्बर खपाङ्गी मगर नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

माओवादी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका खपाङ्गीमगर काँग्रेस सभापतिसँग

नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं १३ फुलासीले मंगलवार आयोजना गरेको वडा पार्टी कार्यालय उद्घाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडा सचिव डम्बर खपाङ्गी मगरले आफू रहेको पार्टीले जनताको कुरा नसुनेको र जनताका समस्या भन्दा पनि आफ्नो फाइदाको लागि मात्रै काम गरेको कारण माओवदी छेडेर काँग्रेसमा प्रवेश गरेको बताए । उनले फुलासीमा कम्यनिस्ट पार्टीबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो खल्ती भर्ने बाहेक केही काम नगरेको र भविष्यमा पनि कम्युनिस्ट पार्टीबाट फुलासीको विकास सम्भव नदेखेपछि माओवादीको एक जिम्मेवार पदमा हुँदा हुँदै पनि कम्युनिस्ट पार्टी छोड्नु परेको धारणा राखे । खपाङ्गी मगरले अब आफ्नो गाउँको विकास काँग्रेस पार्टीबाट मात्रै सम्भव छ भन्ने लागेर आफू काँग्रेसमा रहेर जनताको दुःखलाई सुखमा परिणत गर्ने बाचा सहित काँग्रेसमा प्रवेश गरेको बताए ।

त्यस्तै मन्थली नगरपालिका वडा नं १३ फुलासीमा गएको स्थानीय तहको निर्वाचनमा माओवादीबाट दलित महिला सदस्यको उम्मेद्वार समेत रहेकी सुन्तली बर्देवा पनि माओवादी परित्याग गरी काँग्रेसमा प्रवेश गरेकी छिन् । काँग्रेस पार्टी प्रवशे गरेकी बर्देवाले माओवादी पार्टीले दलित मुक्तीका लागि धेरै नारा लगाएर दलित समुदायका नागरिकलाई अलमल्याउने बाहेक केही नगरेको बताउँदै गाउँमा समस्या पर्दा काँग्रेसका मनकारी नेताहरुको साथ भएकाले पनि अब दलित समुदायको समस्या बुझ्ने पार्टी काँग्रेस बाहेक अरु हुन नसक्ने भएकाले काँग्रेस रोजेको धारणा राखिन् ।

खपाङ्गीमगर सँगै नेकपा माओवादी र नेकपा एमालेबाट पार्टी परित्याग गरी १ सय भन्दा बढी स्थानीयहरु काँग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेपाली काँग्रेस रामेछापका सभापति एवं पार्टी कार्यालय उद्घाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्ण बहादुर तामाङ (कान्छाराम) ले नेपाली काँग्रेसमा स्वागत गरेका छन् । सभापति तामाङले नवाप्रवेशीलाई नेपाली काँग्रेसले सबैको उचित मुल्यांकण गर्दै पार्टीले केही न केही जिम्मेवारी दिने बताए । उनले फुलासीका प्रत्येक नागरिकले आफूलाई समस्या पर्दा नेपाली काँग्रेस पार्टी वा कान्छाराम भन्ने नाम सम्झिए पुग्ने बताउँदै फुलासीका नागरिकको समस्या समधानमा आफू सधैँ लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नं १३ फुलासीका वडा सभापति ओमकार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेशका सदस्य अर्जुन कुमार केसी, नेपाली काँग्रेसका पुर्व पार्टी सभापति रामचन्द्र खड्का, निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने, महाधिवेशन प्रतिनिधिहरु मीन कार्की र विनिता खड्का, जिल्ला कार्यसमिति सदस्यहरु ध्रुव लामा र सिताराम कार्की, काँग्रेस नेता एवं पुर्व महाधिवेशन प्रतिनिधि कृष्ण बहादुर महत, नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (ख) का सभापति राजेश श्रेष्ठ, नेपाली काँग्रेस नेता एवं पुव पार्टी कोषाध्यक्ष कुमार श्रेष्ठ, नेपाल तरुणदल रामेछापका अध्यक्ष काजी बहादुर खड्का (दिनेश), नेविसंघ रामेछापका उपाध्यक्ष प्रभाकर ढुंगेल, नेपाली काँग्रेर क्षेत्र नं २ रामेछापका पुर्व क्षेत्रिय सदस्य सुमन चौहन (माइकाल) लगायतले अ–आफ्नो भनाई राखेका थिए ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper