Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

एमाले रामेछाप जिल्ला अधिवेशनः अध्यक्षमा श्रेष्ठ निर्विरोध, अन्य पदमा मतदान हुने

संवादाताः हाम्रो प्रहार
पुस २५, २०७८

रामेछाप– नेकपा एमाले रामेछापको अध्यक्षमा आनन्द कुमार श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्षका दुई प्रतिस्पर्धी प्रेम बहादुर तामाङ र झम्क कंडेलले उम्मेद्वारी फिर्ता लिएपछि श्रेष्ठ सर्वसम्मत अध्यक्ष भएका हुन् ।

सर्वसम्मत अध्यक्ष बनेका श्रेष्ठले अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दा पार्टीलाई थप बलियो बताउने, पार्टीलाई सुदृढीकरण गर्दै एकताबद्ध बनाउने, नेकपा एमालेलाई राजनीतिक र बैचारिक हिसाबले थप सुदृढ बनाउदै अग्रजहरुको सम्मान एवं भावी पुस्ताको आशा र विश्वासको पार्टी बनाउने लगायतका योजना आफूसँग रहेको बताउँदै आएका थिए ।

अध्यक्षमा सहमती भएपनि उपाध्यक्ष, सचिव, सहसचिव र सदस्यहरुमा मतदान नै हुने देखिएको छ । अन्य पदाधिकारी र सदस्यको पदमा पनि सर्वसम्मत गराउनको लागि सहमतीको प्रयास जारी राखिएको एमालेक एक नेताले बताए ।

यस्तो छ श्रेष्ठको राजनीतिक यात्रा

आनन्द कुमार श्रेष्ठ सानै देखि राजनीतिमा सक्रिय रहेपनि २०५०/०५१ साल देखि २०६२/०६३ साल सम्म नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको राजनीतिमा जिल्ला तथा जिल्ला बाहिर क्रियाशील रहे । करिव एक दशक पार्टीको विद्यार्थी संगठनमा सक्रिय रहेका श्रेष्ठले विद्यार्थी राजनीतिको क्षेत्रमा महत्वपूर्ण मानिने स्वतन्त्र विद्यार्थी युनियन क्याम्पसहरुको नेतृत्वदायि भूमाकामा रहेर समेत काम गर्ने मौका पाए । नेपाल कमर्स क्याम्पस काठमाण्डौको स्वतन्त्र विद्यार्थी युनियनमा २०५२ साल देखि २०६० साल सम्म क्रमशः सदस्य, सचिव हुँदै सभापति भएर काम गरेको अनुभव पनि श्रेष्ठसँग छ ।

श्रेष्ठले एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको प्रारम्भिक कमिटी, क्याम्पस कमिटी, जिल्ला कमिटी र अंचल कमिटीको अध्यक्ष, राष्ट्रिय परिषद्को सदस्य, अनेरास्ववियूको केन्द्रीय सदस्य हुँदै अनेरास्ववियूकै सचिवालय सदस्य सम्म भएर काम गरेका थिए ।

पार्टीको उपत्यका विद्यार्थी विशेष जिल्ला कमिटीमा दुई कार्यकाल संगठन विभागको प्रमुखको रुपमा काम गरेका श्रेष्ठ २०६५ / ०६६ सालबाट विद्यार्थी राजनीतिलाई छोडेर पार्टीको मूल राजनीतिमा फर्किए ।

विद्यार्थी राजनीति छोडेर पार्टीको मूल राजनीतिमा फर्किएका श्रेष्ठले २०६६ साल देखि लगातर नेकपा एमाले रामेछाप जिल्लाको मूख्य भूमिकामा रहेर काम गरे । पार्टी भित्र काम गर्दा श्रेष्ठले जिल्ला सदस्य, विद्यार्थी इन्चार्ज, सचिवालय सदस्य हुँदै ९ वर्ष सम्म एमाले रामेछापको जिल्ला सचिव भएर काम गर्ने मौका पाए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा भित्र अन्तर संघर्ष हुँदा पार्टीले श्रेष्ठलाई अध्यक्ष समेत बनाएको थियो । एमाले पार्टीमा संकटको बेला समेत श्रेष्ठले अध्यक्षको जिम्मेवारी लिएर काम गर्ने मौका पाएका कारण उनिसँग अध्यक्ष हुँदाको पनि अनुभव छ । श्रेष्ठ पार्टीको ८ औँ र १० औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि समेत हुन् ।

Related Posts

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस
विचार

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस

संवादाताः हाम्रो प्रहार
साउन २४, २०८३
0

दुर्गा भुजेल“प्राप्त अधिकारको रक्षा आजको आबस्यकता ,पहिचान सहितको समाबेशी र न्यायपुर्ण नेपालमा हाम्रो साझा प्रतिबद्धता” आज ३२औँ विश्व आदिवासी दिवस...

पुरा पढ्नुहोस्
रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper