Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘गाउँ विकासको लागि महिलाले नेतृत्व लिन आवश्यक छ’ – उपप्रमुख खड्का

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७८ पुष २४

रामेछाप– रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले गाउँ विकासको लागि महिलाले नेतृत्व लिन आवश्यक रहेको बताएकी छिन् । समाज सेवा जागृत महिला बचत तथा ऋण सहकारी संस्थाको शुक्रबार रामेछापमा आयोजित १४ औँ वार्षिक साधारणसभामा आफ्नो भनाई राख्दै उपप्रमुख खड्काले गाउँका पुरुषहरु विभिन्न कारणले गाउँ बाहिर हुने र गाउँ विकासको नेतृत्व गर्ने पुरुषहरु गाउँमा नहुँदा गाउँको विकास नभएको बताउँदै अब गाउँमा भएका महिलाले विकासको नेतृत्व लिन आवश्यक रहेको बताएकी हुन् । ५१ प्रतिशत भन्दा बढी महिला भएको देशमा पुरुषबादी सोचले महिलालाई नेतृत्व नदिइएको कारण ग्रामिण क्षेत्रको विकास नभएको बताउँदै अब ग्रामिण विकासको लागि सबै महिलाहरुले पुरुषलाई साथ दिने मात्रै नभएर आफै नेतृत्व लिएर अगाडि बढ्नु पर्ने दिन आएको उपप्रमुख खड्काको भनाई रहेको छ । आफू उपप्रमुख भएर लामो समय काम गर्दाको अनुभव सुनाउँदै खड्काले गाउँबाट आउने योजनाहरु महिलामैत्री नहुने गरेको र त्यसको असर गाउँ विकासमा पर्ने गरेको तर्क राखिन् ।

साविकको रामेछाप गाविसका तत्कालिन अवस्थामा गाउँको नेतृत्व गर्ने महिलाहरुको प्रयासबाट स्थापना भएको सहकारीले १४ वर्षमा आइपुग्दा धेरै राम्रा काम गरेको बताउदै अब सहकारीले महिलाको नेतृत्व विकास, क्षमता विकास र आर्थिक रुपमा सक्षम बनाउने गरी काम जरुरी रहेको खड्काको भनाई रहेको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले राज्यले अगाडि सारेका तीन खम्बे अर्थ नीति मध्येको सहकारी पनि एउटा महत्वपूर्ण क्षेत्र भएकाले सहकारीको माध्यमबाटनै आर्थिक विकास हुने बताए । कार्यक्रमका विशिष्ट आतिथि समेत रहेका लामगादेले नेपालमा सहकारीकै माध्यमबाट धेरै कामहरु भएका उदहारणहरु रहेकाले रामेछापमा पनि महिलाहरुद्वारा संचालित समाज सेवा जागृत महिला बचत तथा ऋण सहकारीले उत्पादनमुखी क्षेत्रमा लगानी गरेर अगाडि बढ्न सके आर्थिक रुपमा बलियो बनाउन सहयोग पुग्ने बताए ।

रामेछाप नगरपालिका वडा नं ८ का वडाध्यक्ष केदार कार्कीले गाउँ–गाउँमा आएका वित्तिय संस्था भन्दा सहकारी धेरै राम्रो भएकाले अन्य वित्तिय संस्थामा आर्थिक कारोबार गर्नु भन्दा आफै रहेको महिला सहकारीबाट आर्थिक कारोबार गर्दा थप सहज हुनुको हुँदा आफ्नै नगरमा रहेका सहकारीबाट मात्रै कारोबार गर्न आग्रह गरे । वडाध्यक्ष कार्कीले धेरै जसो महिलाहरुले आफू वा आफ्नो परिवारका सदस्य विरामी पर्दा ऋण लिने गरेको देखिएकाले ऋण लिनुको सट्टा स्वस्थ्य बीमा गरेर आर्थिक भार घटाउन आग्रह गरे ।

सहकारीकी अध्यक्ष लक्ष्मी घिसिङ तामाङको अध्यक्षमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका सचिव रामचन्द्र वि.क., रामेछाप नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका सरिता बुढाथोकी, संस्थाकी उपाध्यक्ष सावित्रा देवी कार्की, लेखा सुपरिवेक्षक समितिकी संयोजक चन्दा खड्का लगायतले शुभकामना मन्तव्यसँगै आफ्नो भनाई राखेका थिए ।

Related Posts

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा
शिक्षा

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

गोकुलगंगाको हिउँदे अधिवेशनः चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रस्तुत
समाचार

गोकुलगंगाको हिउँदे अधिवेशनः चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रस्तुत

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper