Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

एमाले अधिवेशनः रामेछापमा अधिवेशन हुन ३ दिन बाँकी, अध्यक्ष पदका एक्ला उम्मेद्वार श्रेष्ठ

संवादाताः रामचन्द्र वि.क.
पुस २०, २०७८

रामेछाप- नेकपा एमाले रामेछापको जिल्ला अधिवेशन हुन तीन दिन बाँकी हुँदा अध्यक्ष पदमा एक जनाले मात्रै उम्मेद्वारी घोषणा गरेका छन् । पार्टी सचिव समेत रहेका आनन्द कुमार श्रेष्ठले आफू ८ औँ जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेद्वार बन्ने घोषणा गरेका छन् । अधिवेशनको लागि प्रतिनिधि छनौट लगायतका धेरै काम सम्पन्न भएर अधिवेशन हुन तीन दिन मात्रै बाँकी हुँदा पनि श्रेष्ठ बाहेक अरुले उम्मेद्वारी घोषणा नगर्दा एमाले रामेछापको अध्यक्षमा आनन्द कुमार श्रेष्ठ नै निर्विरोध निर्वाचित हुने संकेत देखिएको छ ।

हाम्रो प्रहार सँग कुरा गर्दै श्रेष्ठले भने–‘हामी सहमतीमा नेतृत्व टुंग्याउने विषयको छलफलमै छौँ । छलफलमा पनि मैले आफू अध्यक्षको उम्मेद्वार भएको कुरा राखेको छु । पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरीसकेकाले अब अध्यक्ष भएर पार्टीलाई थप बलियो बनाउनको लागि मैले अध्यक्षमा उम्मेद्वारी दिने योजना बनाएको छु ।’

अध्यक्ष पदमा केही व्यक्तिको चर्चा चले पनि हाम्रो प्रहारले तपाई पनि अध्यक्षको उम्मेद्वार हो ? भनेर प्रश्न गर्दा केहीले अहिले उम्मेद्वारी घोषणा गर्ने समय नआएका बताए भने केहीले हामी सहमतीमा नेतृत्व टुंग्याउने प्रयासमा रहेकाले अध्यक्षको उम्मेद्वार भन्दै हिन्न नमिल्ने बताए ।

यसकारण मेरो उम्मेद्वारीः श्रेष्ठ

पार्टी बलियो बनाउन आफूले लामो समयदेखि भूमिका खेलेको बताउँदै श्रेष्ठले अब पार्टीलाई सुदृढीकरण गर्दै एकताबद्ध बनाउनको लागि आफ्नो उम्मेद्वारी रहेको बताए । नेकपा एमालेलाई राजनीतिक र बैचारिक हिसाबले थप सुदृढ बनाउदै अग्रजहरुको सम्मान एवं भावी पुस्ताको आशा र विश्वासको पार्टी बनाउने आफ्नो योजना रहेको श्रेष्ठले बताए । श्रेष्ठले लामो समय देखि देशमा राजनीतिक परिवर्तनको लागि विभिन्न संघर्ष भएर राजनीतिक परिवर्तन आएको तर, जनताको अवस्था उस्तै रहेकाले अब जनताको आवश्यकतालाई केन्द्रमा राखेर देशको आर्थिक विकासलाई अगाडि बढाउने संकल्प सहित पार्टीको नेतृत्व लिन खोजेको धारणा व्यक्त गरे ।

सहअस्तित्व र सम्मानका निम्ती सबैसँग सहकार्य गरेर सबै पक्षलाई पार्टीसँग जोडेर अगाडि बढ्नु आहिलेको आवश्यकता रहेकाले यी सबै कुरालाई जोड्नको लागि पनि आफूलाई पार्टीको अध्यक्षको रुपमा अगाडि सारेको श्रेष्ठको भनाई रहेको छ । जिल्लामा पहिलो दलका रुपमा स्थापित नेकपा एमालेलाई आफू अध्यक्ष भएर अझ सशक्त बनाउँदै पहिलो पार्टीकै स्थानमा राख्ने योजना सहित ८ औँ जिल्ला अधिवेशनमा आफूले अध्यक्षको उम्मेद्वारी घोषणा गरेको उनले बताए ।

यस्तो छ श्रेष्ठको राजनीतिक यात्रा

आनन्द कुमार श्रेष्ठ सानै देखि राजनीतिमा सक्रिय रहेपनि २०५०/०५१ साल देखि २०६२/०६३ साल सम्म नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको राजनीतिमा जिल्ला तथा जिल्ला बाहिर क्रियाशील रहे । करिव एक दशक पार्टीको विद्यार्थी संगठनमा सक्रिय रहेका श्रेष्ठले विद्यार्थी राजनीतिको क्षेत्रमा महत्वपूर्ण मानिने स्वतन्त्र विद्यार्थी युनियन क्याम्पसहरुको नेतृत्वदायि भूमाकामा रहेर समेत काम गर्ने मौका पाए । नेपाल कमर्स क्याम्पस काठमाण्डौको स्वतन्त्र विद्यार्थी युनियनमा २०५२ साल देखि २०६० साल सम्म क्रमशः सदस्य, सचिव हुँदै सभापति भएर काम गरेको अनुभव पनि श्रेष्ठसँग छ ।

श्रेष्ठले एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको प्रारम्भिक कमिटी, क्याम्पस कमिटी, जिल्ला कमिटी र अंचल कमिटीको अध्यक्ष, राष्ट्रिय परिषद्को सदस्य, अनेरास्ववियूको केन्द्रीय सदस्य हुँदै अनेरास्ववियूकै सचिवालय सदस्य सम्म भएर काम गरेका थिए ।

पार्टीको उपत्यका विद्यार्थी विशेष जिल्ला कमिटीमा दुई कार्यकाल संगठन विभागको प्रमुखको रुपमा काम गरेका श्रेष्ठ २०६५ / ०६६ सालबाट विद्यार्थी राजनीतिलाई छोडेर पार्टीको मूल राजनीतिमा फर्किए ।

विद्यार्थी राजनीति छोडेर पार्टीको मूल राजनीतिमा फर्किएका श्रेष्ठले २०६६ साल देखि लगातर नेकपा एमाले रामेछाप जिल्लाको मूख्य भूमिकामा रहेर काम गरे । पार्टी भित्र काम गर्दा श्रेष्ठले जिल्ला सदस्य, विद्यार्थी इन्चार्ज, सचिवालय सदस्य हुँदै ९ वर्ष सम्म एमाले रामेछापको जिल्ला सचिव भएर काम गर्ने मौका पाए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा भित्र अन्तर संघर्ष हुँदा पार्टीले श्रेष्ठलाई अध्यक्ष समेत बनाएको थियो । एमाले पार्टीमा संकटको बेला समेत श्रेष्ठले अध्यक्षको जिम्मेवारी लिएर काम गर्ने मौका पाएका कारण उनिसँग अध्यक्ष हुँदाको पनि अनुभव छ । श्रेष्ठ पार्टीको ८ औँ र १० औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि समेत हुन् ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper