रामेछाप- नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा रामेछापबाट तीन जना निर्वाचित भएका छन् । नेकपा माओवादीको काठमाण्डौमा जारी ८ औँ महाधिवेशनबाट रामेछापका श्याम कुमार श्रेष्ठ, युवराज चौलागाईँ र लक्ष्मी गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।
श्रेष्ठ र चौलागाइँ खुल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको नेकपा माओवादी केन्द्र रामेछापका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिए । मोक्तानका अनुसार गुरुङ जनजाति महिलता तर्फबाट सदस्यमा निर्वाचित भएकी हुन् ।
सदस्यमा निर्वाचित श्रेष्ठ प्रतिनिधि सभाका सदस्य हुन् । त्यस्तै गुरुङ संविधानसभा सदस्य हुन् ।
प्रचण्डले आइतबार महाधिवेशन आयोजक समितिको तर्फबाट २ सय ९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २ सय ३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गरेका थिए । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने र बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरू चयन गर्ने अध्यक्ष मोक्तानले जानकारी दिएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्