Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

भण्डार देखि गुम्देल सम्मको सडक फराकिलो बनाउन सहयोग गर्छु– काँग्रेस सभापति कान्छाराम

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७८ पुष ११

रामेछाप- नेपाली काँग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) ले उमाकुण्ड गाउँपालिकाको केन्द्रबाट सुरु भइ गुम्देको लाछेवार सम्म पुग्ने मध्यमार्गी सडक खण्डको बाम्तीभण्डार देखि गुम्देल सम्मको सडकलाई फराकिलो बनाउन सहयोग गर्ने बताएका छन् । नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल कार्यमितिले सोमवार आयोजना गरेको जेष्ठ नागरिक सम्मान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा सभापति तामाङले बाम्तीभण्डार देखि गुम्देल सम्मको सडकमा सहज रुपमा दुई ओटा गाडी गुड्ने गरी फराकिलो बनाउन व्यक्तिगत सहयोग गर्ने बताएका हुन् ।

सभापति तामाङले भने– ‘मैले यस अघि बाम्ती देखि गुम्देल सम्मको सडक बनाउनको लागि सहयोग गर्छु भनेको थिएँ । विभिन्न कारणले गर्न सकिन, अब यो वर्ष सानो सडकलाई दुई ओटा गाडी सहजै गुड्न सक्ने गरी बनाउनको लागि मैले एउटा जेसिवी यहाँ पठाएर सहयोग गर्छु । त्यसपछि हिउँद र बर्खा याममा सहजै गाडी गुड्ने छ ।’ गाउँपालिकाको वजेटबाट निर्माण भएको मध्यमार्गी सडकमा हाल एकतर्फी गाडी समेत मुस्किलले चल्छ ।

हाम्रो प्रहार डटकम

२०७४ सालको संघीय निर्वाचनलाई स्मरण गर्दै सभापति तामाङले आफूलाई पराजित गर्दै तत्कालिन नेकपाबाट निर्वाचित भएका श्याम कुमार श्रेष्ठले आफ्नो टोलमा मात्रै विकास गरेको आरोप लगाए । सांसद विकास कोष मार्फत ५० करोड रुपैयाँ पैसा आउने भएपनि गुम्देलका जनताले त्यो पचास करोड मध्येको एक पैसा पनि नदेखेको उनले बताए ।

सभापति तामाङले संघीय सरकारसँग जिल्लाको उत्तरी क्षेत्रका सडक पिच देखि भौतिक पूर्वाधार निर्माणको लागि संघीय सरकारसँग पहल गरेर विकासमा आफू लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीले बुद्धको उपदेश मान्ने मानिसहरु कम्युनिस्ट बन्न नसक्ने दावी गरे । मान्छे मार्नु पर्ने, लुटेर खानु पर्ने, मान्छेलाई विस्थापित गर्नु पर्ने लगायतका कार्य कम्युनिस्टको आचरण भित्र पर्ने भएको बताउँदै उपसभापति कार्कीले बुद्धको उपदेश मान्ने कुनै पनि मानिस कम्युनिस्ट बन्न नसक्ने बताए । उनले कम्युनिस्टहरु झुटको सपना बाँढेर चुनाव जित्ने र सत्तामा पुगेपछि जनताका समस्यालाई समधान गर्नुको सट्टा उल्टै २० प्रतिशत कमिशन आउने ठाउँमा आफ्ना आसेपासेको हातमा विकासको चाबी सुम्पने गरेको आरोप लगाए । संघीयतापछि बनेको कम्युनिस्ट पार्टीको सरकारले ४ वर्षको अवधिमा भ्रष्ट्राचार बाहेक केही नगरेको बताउँदै आउँदो निर्वाचनमा आम जनताले त्यसको मूल्य तिर्ने धारणा राखे ।

नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका इकाई सभापति ङापेम्बा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव विनोद कार्की, महाधिवेशन प्रतिनिधि झपडराज भण्डारी र गेल्जे शेर्पा, जिल्ला कार्यसमिति सदस्य नारायाण बोगटी र जीत बहादुर कटुवाल, नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिकाका सभापति हिक्मत बहादुर सुनुवार, उमाकुण्ड गाउँपालिकाका उपप्रमुख उर्मिला कार्की बस्नेत, पूर्व महाधिवेशन प्रतिनिधि दोर्जे शेर्पा, उमाकुण्ड गाउँपालिकाका वडा नं १ का वडाध्यक्ष नुर्वु शेर्पा, वडा नं ३ का वडाध्यक्ष रमेश कुमार सुनुवार, नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिकाका उपसभापति शरण सुनुवार, सचिव नुरी शेर्पा, नेपाल तरुणदल उमाकुण्ड गाउँपालिकाका अध्यक्ष सम्शेर कार्की लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

प्रहार खबर साप्ताहिकमा  २०७८ पौष ११ गते आइतबार प्रकाशित

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper