Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

रामेछापका आङटावा शेर्पाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने, यस्तो छ राजनीतिक यात्रा

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७८ मंसिर २४

रामेछाप- संविधानसभा सदस्य एवं नेपाली काँग्रेस नेता आङटावा शेर्पाले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशन देखि केन्द्रीय सदस्य बन्ने इच्छा भएकाले यस पटक जित्ने गरी केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरिएको शेर्पाले बताए ।

पार्टी भित्रको आन्तरिक सहमतीको नाउँमा यस अघि दुई महाधिवेशनमा केन्द्रीय सदस्य बन्नबाट बञ्चित भएको र यस पटक जसरी पनि केन्द्रीय सदस्यमा जित्ने गरी आफूले उम्मेद्वारीको दिने शेर्पाले बताए । १२ औँ र १३ औँ महाधिवेशनमा शेर बहादुर देउवा र विमलेन्द्र निधिले चुनाव पछि मनोनित गरेर कुनै न कुनै पद दिने आश्वासन दिएको भएपनि दुबै जनाले चुनाव जितेपछि उनिहरुले बाचा पुरा नगरेको आरोप लगाए । शेर्पाले शिर्ष नेताहरुले टिममा राखेर चुनाव लडाए त्यहीबाट लड्ने र कसैले टिममा नराखे स्वतन्त्र रुपमा भएपनि उम्मेद्वारी दिने तयारीमा आफू रहेको बताए । उनले जनजाति तर्फबाट आफ्नो उम्मेद्वारी हुने बताए ।

यस्तो छ शेर्पाको मुख्य–मुख्य राजनीतिक यात्रा

शेर्पा काँग्रेस राजनीतिमा सानै उमेरदेखि लागेको भएपनि मुख्यतयाः २०४८ सालको चुनावमा साविकको चुचुरे गाविसको वडाध्यक्षमा निर्वाचित भएपछि उनि राजनीतिमा बढी सक्रिय भए । २०४९ सालमा जिल्ला विकास समिति रामेछापको उपसभापतिमा निर्वाचित भएर २०४९ देखि २०५५ साल सम्म निरन्तर काम गर्ने मौका पाए । २०५९ सालमा पार्टी सभापति भएका शेर्पाले आफ्नो कार्यकाल ६ महिना पुरा गर्न नपाउँदै पार्टी फुट्यो । पार्टी फुटेर प्रजतान्त्रिक काँग्रेस भएपछि शेर्पालाई त्यहि प्रजतान्त्रिक काँग्रेसको पार्टी सभापति बन्ने अर्को अवसर मिल्यो । २०६४ साल सम्म प्रजतान्त्रिक काँग्रेसको पार्टी सभापति भएर काम गर्ने मौका पाएका शेर्पाले २०६४ सालमा काँग्रेस एकीकरण पश्चात पार्टी सह–सभापतिको जिम्मेवारी पाए ।

लामो समय पछि २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा रामेछाप क्षेत्र नं १ बाट सांसदमा चुनाव लडेका शेर्पाले माओबादीका उम्मेद्वार तारानारायण श्रेष्ठसँग हार बेहोर्नु प¥यो । पहिलो संविधानसभाको निर्वाचनमा हार बेहोरेका शेर्पाले २०७० सालमा मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा रामेछाप क्षेत्र नं १ बाट सांसद हुने मौका पाए । सांसद भएपछि नेपालको संविधान बनाउन महत्वपूण भूमिका खेलेका शेर्पाले रामेछाप जिल्लालाई हिमाली जिल्लामा समावेश गराउन सफल भए ।

रामेछाप काँग्रेसको राजनीतिमा विभिन्न तहको नेतृत्वदायि भूमिकामा रहेका शेर्पाले माओवादीको सशस्त्र दोन्द्वमा माओवादी पक्षबाट भौतिक यातना देखि मानसिक यातनाहरु भोग्नु परेको थियो ।

काँग्रेस नेता शेर्पा २०४८ साल देखि हाल सम्म नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा हुँदै आएका छन् ।

Related Posts

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा
शिक्षा

मन्थली माविका तीन सय विद्यार्थीलाई रामेछाप नेविसंघले वितरण गर्‍यो न्यानो कपडा

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित
समाचार

जिल्ला कृषि सहकारी संघको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित

गोकुलगंगाको हिउँदे अधिवेशनः चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रस्तुत
समाचार

गोकुलगंगाको हिउँदे अधिवेशनः चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रस्तुत

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
संरक्षकः गुञ्ज कार्की, बुद्धिकुमार सुनुवार
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper