Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

रामेछापका आङटावा शेर्पाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने, यस्तो छ राजनीतिक यात्रा

संवादाताः हाम्रो प्रहार
मंसिर २४, २०७८

रामेछाप- संविधानसभा सदस्य एवं नेपाली काँग्रेस नेता आङटावा शेर्पाले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशन देखि केन्द्रीय सदस्य बन्ने इच्छा भएकाले यस पटक जित्ने गरी केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरिएको शेर्पाले बताए ।

पार्टी भित्रको आन्तरिक सहमतीको नाउँमा यस अघि दुई महाधिवेशनमा केन्द्रीय सदस्य बन्नबाट बञ्चित भएको र यस पटक जसरी पनि केन्द्रीय सदस्यमा जित्ने गरी आफूले उम्मेद्वारीको दिने शेर्पाले बताए । १२ औँ र १३ औँ महाधिवेशनमा शेर बहादुर देउवा र विमलेन्द्र निधिले चुनाव पछि मनोनित गरेर कुनै न कुनै पद दिने आश्वासन दिएको भएपनि दुबै जनाले चुनाव जितेपछि उनिहरुले बाचा पुरा नगरेको आरोप लगाए । शेर्पाले शिर्ष नेताहरुले टिममा राखेर चुनाव लडाए त्यहीबाट लड्ने र कसैले टिममा नराखे स्वतन्त्र रुपमा भएपनि उम्मेद्वारी दिने तयारीमा आफू रहेको बताए । उनले जनजाति तर्फबाट आफ्नो उम्मेद्वारी हुने बताए ।

यस्तो छ शेर्पाको मुख्य–मुख्य राजनीतिक यात्रा

शेर्पा काँग्रेस राजनीतिमा सानै उमेरदेखि लागेको भएपनि मुख्यतयाः २०४८ सालको चुनावमा साविकको चुचुरे गाविसको वडाध्यक्षमा निर्वाचित भएपछि उनि राजनीतिमा बढी सक्रिय भए । २०४९ सालमा जिल्ला विकास समिति रामेछापको उपसभापतिमा निर्वाचित भएर २०४९ देखि २०५५ साल सम्म निरन्तर काम गर्ने मौका पाए । २०५९ सालमा पार्टी सभापति भएका शेर्पाले आफ्नो कार्यकाल ६ महिना पुरा गर्न नपाउँदै पार्टी फुट्यो । पार्टी फुटेर प्रजतान्त्रिक काँग्रेस भएपछि शेर्पालाई त्यहि प्रजतान्त्रिक काँग्रेसको पार्टी सभापति बन्ने अर्को अवसर मिल्यो । २०६४ साल सम्म प्रजतान्त्रिक काँग्रेसको पार्टी सभापति भएर काम गर्ने मौका पाएका शेर्पाले २०६४ सालमा काँग्रेस एकीकरण पश्चात पार्टी सह–सभापतिको जिम्मेवारी पाए ।

लामो समय पछि २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा रामेछाप क्षेत्र नं १ बाट सांसदमा चुनाव लडेका शेर्पाले माओबादीका उम्मेद्वार तारानारायण श्रेष्ठसँग हार बेहोर्नु प¥यो । पहिलो संविधानसभाको निर्वाचनमा हार बेहोरेका शेर्पाले २०७० सालमा मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा रामेछाप क्षेत्र नं १ बाट सांसद हुने मौका पाए । सांसद भएपछि नेपालको संविधान बनाउन महत्वपूण भूमिका खेलेका शेर्पाले रामेछाप जिल्लालाई हिमाली जिल्लामा समावेश गराउन सफल भए ।

रामेछाप काँग्रेसको राजनीतिमा विभिन्न तहको नेतृत्वदायि भूमिकामा रहेका शेर्पाले माओवादीको सशस्त्र दोन्द्वमा माओवादी पक्षबाट भौतिक यातना देखि मानसिक यातनाहरु भोग्नु परेको थियो ।

काँग्रेस नेता शेर्पा २०४८ साल देखि हाल सम्म नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा हुँदै आएका छन् ।

Related Posts

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper