Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

काँग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने बिनिता खड्काको घोषणा, कान्छी सदस्य बन्ने दाउमा

संवादाताः रामचन्द्र वि.क.
मंसिर २४, २०७८

रामेछाप- रामेछापकी बिनिति खड्काले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । नेपाली काँग्रेको १४ औँ माधिवेशनमा आफू खस–आर्य महिला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेकी हुन् । बिहिवार उम्मेद्वारी घोषणा गर्दै हजुरबा उमेरकाले काँग्रेस हाँकीरहेको र अब नातिनी उमेरकाले काँग्रेस हाक्ने जिम्मेवारी लिने अवस्था आएकाले आफूले उम्मेद्वारी दिन लागेको बताइन् ।

१३ औँ महाधिवेशनमा २० वर्षको उमेरमा सबै भन्दा कान्छी महाधिवेशन प्रतिनिधि बनेर चर्चामा रहेकी खड्का १४ औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा सबै भन्दा कान्छी सदस्य बन्ने दाउमा केन्द्रीय सदस्य जित्ने अभियानमा लागेकी छिन् । कांग्रेसमा युवाको हस्तक्षेपका लागि युवाहरु एक भएर लाग्नु पर्ने बताउँदै १४ औँ महाधिवेशनबाट त्यो अभियान चलाउन सुरु गरिएको उनले बताइन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी रामेछापको सुनापति गाउँपालिकाबाट काँग्रेसको तर्फबाट उपाध्यक्ष उम्मेदवार बनेकी थिइन् । तर, उनले जित भने हासिल गर्न सकिनन् ।

काँग्रेस रामेछापका नेता पिता भुवन खड्का र काका बद्री खड्काको प्रेरणाबाट राजनीतिमा होमिएकी खड्काले १४ औँ जिल्ला अधिवेशनबाट महिला तर्फ सबै भन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि बनेकी थिइन् ।

अघिल्लै महाधिवेशनमा केन्द्रीय सदस्य बन्न खोज्दा क्रियाशील सदस्यताको समयावधि नपुगेकाले आफू बन्चित भएको खड्काको भनाइ छ । विद्यालय तहदेखिनै नेविसंघबााट राजनीति थालेकी खड्का जिल्लाबाट केन्द्रमा बलियो उपस्थिति जनाउन आफू उम्मेदवार बनेको बताउछिन् ।

खड्का जिल्ला तथा जिल्ला बाहिर समाजसेवीको रुपमा समेत परिचित छिन् । उनि लगायत उनको टिमले ग्रामिण क्षेत्रका विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, जाडोमा लगाउने न्यानो कपडा लगायतका सामाग्री वितरण गर्दै आएका छन् ।

नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ गतेबाट सुरु भएर मंसिर २७ गते सम्पन्न हुने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ ।

Related Posts

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा
समाचार

रामेछाप अस्पतालले सुरु गर्‍यो मानसिक स्वास्थ्य विशेषज्ञ सेवा

संवादाताः हाम्रो प्रहार
साउन २३, २०८३
0

रामेछाप- रामेछाप अस्पतालले पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध...

पुरा पढ्नुहोस्
जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper