Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

काँग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने कार्कीको घोषणा, यस्तो छ ३२ वर्षे राजनीतिक यात्रा

रामचन्द्र वि.क. संवादाताः रामचन्द्र वि.क.
२०७८ मंसिर २३

रामेछाप- काँग्रेस युवा नेता रत्न बहादुर कार्कीले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । कार्कीले सामाजिक संजाल मार्फत नेपाली काँग्रेसलाई वैचारिक, सैद्धान्तिक रुपमा सुदृढीकरण गर्दै आम नेपालीको आस्था, विश्वास तथा भरोसाको विशाल पार्टी निर्माण गर्ने प्रमुख लक्ष्यका साथ आफूले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

विगत तीन दशकदेखि विद्यार्थी राजनीति गर्दै पार्टीको पनि विभिन्न तहको जिम्मावारी निर्वाह गरिसकेको र अहिले पनि अनवरत रुपमा संघर्षकै यात्रामा रहेको बताउँदै कार्कीले राजनीतिक यात्रालाई थप अनवरत रुपमा अगाडि बढाउनको लागि सबैलाई मतदान गर्न अनुरोध गरेका छन् । कार्कीले खस–आर्यबाट उम्मेद्वारी दिने बताएका छन् ।

हाम्रो प्रहार डटकम

यस्तो छ कार्कीको राजनीतिक यात्रा

२०४६ सालको पञ्चर्‍यालीको विरुद्धमा नारा लगाउँदै राजनीतिक यात्रा तया गरेका रत्न बहादुर कार्की विद्यार्थी राजनीति हुँदै अहिले पार्टीको मूल राजनीतिमा क्रियाशिल छन् । निमावि तहमा अध्ययन गर्दा–गर्दै २०४९ सालमा ओखलढुंगा जिल्लाको क्षेत्र नं २ नेविसंघको सदस्य भएका कार्कीले २०४९ सालमा रामेछापको हिमगंगा मावि साँघुटारको इकाई सभापति भएर काम गर्ने मौका पाए । विद्यालय तहमा विद्यार्थी राजनीतिमा सक्रिय कार्की २०५२ सालमा रामेछाप नेविसंघको जिल्ला सदस्य बन्न पुगे । त्यपछि २०५४ सालमा नेविसंघ रामेछापको सचिव बन्ने मौका पाएका कार्कीले दुई वर्षपछि २०५६ सालमा नेविसंघकै जिल्ला अध्यक्ष भएर जिल्ला स्तरको विद्यार्थी राजनीति नेतृत्व गरे ।

विद्यार्थीकालबाट राजनीतिमा होमिएका कार्कीले २०४६ साल देखि २०५७ साल सम्म विद्यालय तह देखि जिल्ला तह सम्मका विभिन्न पदमा रहेर काम गरेकाले २०५७ सालमा नेविसंघको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएर विद्यार्थीको केन्द्रीय राजनीतिमा देखिने योजना बनाए । तर, त्यतिबेल निर्वाचनमा जित हाँसिल गर्न नसकेको कारण उनको केन्द्रीय सदस्य बन्ने चाहान अधुरै रहयो । निर्वाचनमा पराजित भएर पनि विद्यार्थी राजनीतिमै क्रियाशिल कार्कीलाई २०५९ सालमा नेपाली काँग्रेस फुटेपछि फेरि नेविसंघको केन्द्रीय सदस्य बन्ने मौका मिल्यो र प्रजातान्त्रिक काँग्रेस निकट नेविसंघको केन्द्रीय सदस्य बने । पार्टी फुटेर केन्द्रीय सदस्य बनेका कार्कीलाई नेविसंघको केन्द्रीय प्रचार विभागको प्रमुख बन्ने अर्को अवसर पनि मिल्यो । २०६४ सालमा नेविसंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका कार्की २०६४ सालमा पार्टी एकता हुँदा पनि उपाध्यक्षकै भूमिकामा रहे ।

नेपाली काँग्रेसको ११ औँ, १२ औँ र १३ औँ जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदै आएका कार्कीले २०७४ सालको प्रदेशसभा चुनावमा रामेछाप प्रदेश सभा (क) मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदेर बन्ने अवसर पाएका थिए । तर उनि नेकपा एमालेका उम्मेद्वार शान्ती प्रसाद पौडेलसँग पराजित हुन पुगे । यस अघिका जिल्ला अधिवेशनबाट तीन पटक सम्म निरन्तर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका कार्की  १४ औँ महाधिवेशनमा पनि निर्वाचित भएपछि केन्द्रीय सदस्यमा उम्मेद्वार बन्ने बाटो खुलेका छ ।

सामाजिक कार्य

राजनीतिसँगै कार्कीले आफूहरुले नै स्थापना गरेको प्रयास नेपाल नामक एक गैरसरकारी संस्था मार्फत विगत लामो समयदेखि रामेछाप, सिन्धुपाल्चोक, धादिङ, ओखलढुंगा लगायतका जिल्लामा समाजिक कामहरु गरीरहेका छन् । १९ वर्ष देखि ३० जनाको हारहारीमा अनाथ बालबालिकालाई त्यही प्रयास नेपाल नामक संस्थाले पालनपोषण गर्ने देखि संरक्षणको काम गरिरहेको छ । त्यस्तै प्रयास नेपालले नै २०७२ सालको भूकम्प पश्चात रामेछापको विभिन्न ठाउँमा १ सय २९ ओटा घर टहरा निर्माण गरेर तत्कालका लागि विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने गरी भएको काम समेत कार्कीकै योजनामा भएको थियो । त्यसैगरी रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेका हायू र दलित बालबालिकालाई छात्रावृत्ति उपलब्ध गराउने देखि रामेछाप, सिन्धुपाल्चोक, धादिङ, ओखलढुंगा लगायतका जिल्लाहरुमा इन्टरनेटको माध्यमबाट पढाई हुने दुर शिक्षामा हाल पनि काम भइरहेको छ ।

नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदिप गिरीको सहोगी सल्लहाकार रुपमा समेत काम गरेका कार्कीलाई रामेछाप जिल्लाका एक बौद्धिक नेताका रुपमा चिनिन्छन् । पत्रकारितामा स्नातक गरेका कार्कीले राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी आफै सम्पादकिय भूमिकामा रहेर विभिन्न पत्रपत्रिका प्रकाशन गर्ने गर्छन् भने समसामयिक विषयमा कलम चलाउने गर्छन् ।

काँग्रेसको कार्यकारी पदमा नभएपनि काँग्रेस नेता कार्की केन्द्रीय तहको राजनीतिमा समेत पहुँच राख्दछन् ।

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper