रामेछाप- रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले सिप सिकेर दक्ष बन्न युवाहरुलाई आग्रह गरेका छन् । हजुरको रेडियोले आयोजना गरेको रेडियो पत्रकारीता तथा उद्घोषण तालिमको उद्धघाटन गर्दै नगर प्रमुख थापामगरले युवाहरु सिप सिकेर दक्ष बनेको खण्डमा मात्रै समृद्ध नगरपालिका बन्ने भएकाले नगरका युवाहरुलाई सिप सिकेर दक्ष बन्न आग्रह गरेका हुन् ।
विगतका केही वर्षदेखी नै हजुरको रेडियोले जिल्लामा पत्रकार उत्पादन गर्दै आएको कुरा स्मरण गर्दै उनले पत्रकारितामा भविष्य खोजिरहेका युवाहरुलाई यो तालिम निकै महत्वपूर्ण हुने विश्वास आफुले लिएको बताए । स्थानीय सरकार सन्चालनमा आएपछि पहिलो पटक नगरपालिकाले पत्रकारीता तथा उद्घोषण तालिममा समन्वय गर्ने मौका पाएको भन्दै नगर प्रमुख मगरले तालिममा सहभागीहरुलाई देशको राम्रो पत्रकार बन्छु भन्ने लक्ष्य राखेर तालिम लिन सहभागीहरुलाई आग्रह गरेका छन् ।
सिप भएर पनि बेरोजगार बसिरहेकालाई आवश्यक सहयोग चाहिए नगरपालिका सहयोग गर्न तयार रहेको समेत नगर प्रमुखले बताए । पत्रकारिता तथा उद्घोषण तालिमको उद्धघाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष केदार कार्कीले ७ दिनसम्म मन लगाएर पत्रकारिताको आधारभूत कुराहरु सिक्न प्रशिक्षार्थीलाई अनुरोध गरे ।
रामेछाप नगरपालिकासँगको सहकार्यमा हजुरको रेडियोकोले बिहिबार देखि सुरु गरेको तालिम ७ दिनसम्म सन्चालन हुने बताइएको छ । तालिममा रामेछाप जिल्लाका विभिन्न ठाउँहरुबाट ४० भन्दा युवाहरु सहभागी भएका छन् । हजुरको रेडियोका स्टेशन म्यानेजर दिपक कुमार घिमिरेले दक्ष तथा अनुभवी प्रशिक्षकले ७ दिनसम्म तालिममा सहभागीहरुलाई पत्रकारीता तथा उद्घोषण सिकाउने बताएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्