Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा मंसिर १७ देखि पौष ९ गते सम्म दुई चरणमा मतादाता नामावली संकलन हुने

रामचन्द्र वि.क. संवादाताः रामचन्द्र वि.क.
२०७८ मंसिर १४

रामेछाप– जिल्ला निर्वाचन कार्यालय रामेछापले जिल्लाका ८ पालिकामा आउँदो मंसिर १७ गते देखि पौष ९ गतेसम्म दुई चरणमा फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । विगतमा मतदाता नामावलीमा नाम समावेश गर्न छुटेका व्यक्तिहरुलाई लक्षित गरि निर्वाचन आयोगले विशेष कार्यक्रम मार्फत देशका सबै स्थानीय तहका केन्द्रबाट नाम संकलन गर्ने व्यवस्था मिलाएपछि जिल्ला निर्वाचन कार्यालय रामेछापले पनि जिल्लाका सबै पालिकाका केन्द्रमा मंसिर १७ गते देखि पौष ९ गते सम्म दुई चरणमा नामावली संकलन गर्न लागेको हो ।

मंसिर १७ गते देखि मंसिर २६ गते गतेसम्म रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका र खाँडादेवी गाउँपालिकामा पहिलो चरणमा पालिकाको केन्द्रबाट मतदाता नामावली संकन गरिने कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालय रामेछाका सूचना अधिकारी गणेश थापाले बताए । थापाका अनुसार दोस्रो चरणको अभियानमा मंसिर २९ गते देखि पौष ९ गते सम्म गोकुलगंगा गाउँपालिका, लिखुतामाकोशी गाउँपालिका र सुनापति गाउँपालिकाका केन्द्रबाट मतादाता नामावली संकलन गरिने कार्यतालिका रहेको छ ।

यता जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाका मतदाता र अन्य मतदाताहरुले जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय रामेछापमा रहेको मतदाता नामावली संकलन कक्षबाट फोटो सहितको नामावली संकलन गर्ने व्यवस्था मिलाइएको थापाले बताए । बाहिरी जिल्ला स्थायी ठेगाना भएका मतादाताहरुको नामावली संकलन जिल्ला निर्वाचन कार्यालय रामेछापबाट मात्रै हुने जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।

फोटो सहितको मतदाता नामावलीमा नाम दर्ताका लागि नागरिकताको छाँयाप्रति (फोटोकपी), विवाह गरेर आएका व्यक्तिको हकमा विवाह दर्ता प्रमाणपत्रको छाँयाप्रति (फोटोकपी), बसाई सरी आएको हकमा बसाई सराई दर्ता प्रमाणपत्रको छाँयाप्रति (फोटोकपी) र व्यक्ति स्वयं उपस्थित हुनुपर्ने बताइएको छ ।

Related Posts

लिटिल स्टार इङ्गलिस स्कुलले विविध कार्यक्रम गरी मनायो बाल दिवस
समाचार

लिटिल स्टार इङ्गलिस स्कुलले विविध कार्यक्रम गरी मनायो बाल दिवस

राष्ट्रिय बाल दिवस: रामपुरमा एसइई र कक्षा १२ मा उतकृष्ट हुने विद्यार्थीलाई नगद सहित सम्मान
समाचार

राष्ट्रिय बाल दिवस: रामपुरमा एसइई र कक्षा १२ मा उतकृष्ट हुने विद्यार्थीलाई नगद सहित सम्मान

रामेछापको सुनापतिमा यात्रुवाहक बस दुर्घटना, सात यात्रु घाइते
समाचार

रामेछापको सुनापतिमा यात्रुवाहक बस दुर्घटना, सात यात्रु घाइते

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper