Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

घर जलेको पाँच दिन भइसक्यो पुग्दैन स्थानीय सरकार, पीडित भन्छन– ‘खाना–बस्न समस्या भइसक्यो’

हाम्रो प्रहार संवादाताः हाम्रो प्रहार
२०७८ कार्तिक २३

रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीमा आगलागी भएर घर जलेपछि उक्त घरका परिवारलाई बस्न र खानाको समस्या भएको छ । पाँच दिन अघि लक्ष्मी पुजाको दिन स्थानीय कमला खड्काको घरमा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएपछि हाल खाना र बस्नको लागि उनि सहित चार जनाको परिवारलाई समस्या भएको हो । 

चाडपर्वको बेला बस्ने गरेको घर नै जलेर नष्ट हुँदा अहिले खाना र बस्ने समस्या भएको पीडा सुनाउँदै पीडितकी छोरी जानुका खड्काले भनिन्– ‘लक्ष्मी पुजाको दिन ममीले पुजा गरेर अर्को सानो कटेजमा आउनुभएछ । केही समय पछि मात्रै आगो लागेको थाहा भयो । आगो लागेको थाहा भएपनि घर एकन्तामा भएको कारण गाउँका मानिसहरु जम्म हुन पनि समय लाग्यो । गाउँका छिमेहीहरु जम्मा हुँदा घरको सबैतिर आगो फैलिसकेको थियो । त्यतिबेला  सम्म घरभित्र भएका सबै सामाग्री जलेर नष्ट भइहाले । केही सामाग्री निकाल्न सकिएन । अहिले त बस्न मात्रै हैन, खानाको लागि समेत समस्या भइसक्यो । केही आफन्तहरुले ल्याइदिएको खाना खाएर बसेका छौँ । अब त त्यो पनि सकिन लाग्यो । अहिलेको बसाई जस्ताको कटेजमा छ, चिसोले गर्दा बिरामी परिने हो कि भन्ने डर लाग्न थालीसक्यो ।’

हाम्रो प्रहार डटकम

पीडित खड्काका अनुसार घरमा भएको करिव ७० हजार नगद, अन्नापात, कपडा, सुनचाँदीका गरगहना लगायतका सामाग्री पुर्ण रुपमा जलेर नष्ट भएको छ । जलेका सामाग्री र घर सहित गरेर करिव १० लाख भन्दा बढीको क्षति भएको घरधनी कमला खड्काले बताइन् ।

घर जलेको पाँच दिन भइसक्यो पुग्दैन स्थानीय सरकार

घर जलेको पाँच दिन हुँदा पनि घर–आगनको भनिएको स्थानीय सरकारका प्रतिनिधि घटनाको बारेमा जानकारी लिन समेत गाउँमा नआएको भन्दै पीडित परिवारले सरकार प्रति दुखेसो पेखेका छन् । घर जलेको दिन नै वडाध्यक्षलाई जानकारी गराइएको भएपनि पाँच दिन बित्दा समेत आफूहको समस्या बुझ्न समेत स्थानीय सरकारका प्रतिनिधिले चासो नदिएको पीडितकी छोरी जानुका खड्का दुखेसो पोखिन् ।

वडाध्यक्षलाई फोन मार्फत जानकारी गराएको कुरा सुनाउँदै खड्काले भनिन्– ‘मैले १८ गते बेलुका नै आगो लागेको सबै जानकारी वडाध्यक्षलाई गराएको थिएँ । त्यतिबेला वडाध्यक्षले म कठमाण्डौ छु । अहिले बिदा नै छ, २२ गते पछि आएर हेरौला भन्नुभयो । त्यसपछि मैले आज पनि फोन गर्दा जिल्लाको मिटिङमा छु भन्नुभयो । वडाध्यक्षले प्रहरी मुचुल्का, वडाको सिफारिस, घरको फोटो बनाएर ल्याउनु भन्नुभएको छ । तर, कहाँ लाने भन्ने मलाई थाहा छैन् । आमा पनि कमजोर भएर हिड्न सक्नु हुन्न् । आफू जित्नको लागि भोट माग्न आउने नेताहरुले हामी जनतालाई यति ठूलो समस्या पर्दा पनि उहाँहरुलाई भेट्न उहाँहरु भएकै ठाउँमा पुग्नु पर्ने रहेछ । हाम्रो समस्यामा बोल्दिने कोही पनि हुने रहेनछ ।’

आगलागी पीडित कमला खड्का एकल महिला एवं द्वन्द्व पीडित हुन् ।

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper